भरतपुर अस्पतालमा नवनियुक्त अध्यक्ष राजभण्डारीको स्वागत ।

 

Bharatpur Hospital

 

५, माघ, चितवन । भरतपुर अस्पतालका नवनियुक्त अध्यक्ष राजकुमार राजभण्डारीलाई अस्पतालमा आज एक कार्यक्रम गरी स्वागत गरिएको छ ।

भरतपुर अस्पताल र अस्पताल बिकास समिति कर्मचारी यूनियनको संयुक्त आयोजनामा गरिएको स्वागत कार्यक्रममा अस्पतालका बिभिन्न विभागका कर्मचारी तथा चिकित्सकहरुले अध्यक्ष भण्डारीलाई फूलमाला र खादा ओढाएर सम्मान गरेका थिए । अस्पताल बिकास समिति कर्मचारी युनियनका अध्यक्ष डा. उन्नत श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै नवनियुक्त अध्यक्ष राजकुमार राजभण्डारीले अस्पतालमा सरोकारवाला सबै पक्षसँग आवश्यक परामर्श र सरसल्लाहबाट प्रभावकारी योजना बनाएर बिकासमा लाग्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

 उहाँले आफु बोलेर भन्दा कामबाट नै क्षमता देखाउन रुचाउने ब्यक्ति भएको भन्दै अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन मेडिकल कलेजको अवधारणामा जाने बताउनुभयो । अध्यक्ष राजभण्डारीले पूर्वाधार बिना बिरामीको उपचार गर्न कठिन हुने भन्दै भौतिक उपकरणहरुको व्यवस्थाका लागी समेत ठोस काम अघि बढाउने जानकारी दिनुभयो । सो कार्यक्रममा बोल्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.रुद्रप्रसाद मरासिनीले भरतपुर अस्पताल अहिले अवसर र चुनौतीको दोसाधमा उभिएको भन्दै काम गर्न नसके अस्पताल नै धरासयी हुने बताउनुभयो ।

 प्रमुख मेसु मरासिनीले अस्पतालले छिट्टै ओपिडी सेवा बिस्तार गरी दिउसो ४ बजेसम्म पुरयाउन लागेको भन्दै त्यसका लागी सहयोग गर्न र तयार रहन सबैसँग अनुरोध गर्नुभयो । कर्मचारीहरुको उचित व्यवस्थापन अस्पतालमा चुनौतीका रुपमा रहेको डा. मरासिनीको भनाई छ । 

कार्यक्रममा भरतपुर अस्पतालका निवर्तमान अध्यक्ष विजय सुवेदी, अस्पतालका निमित्त मेट्रोन मिरा अधिकारी, डा.दामोदर तिवारी, अस्पताल विकास समिति कर्मचारी युनियनका सचिव बिष्णुप्रसाद वास्तोला लगायतले बोल्नुभएको थियो । गत पौष २५ गते स्वास्थ्यमन्त्री गगन थापाको मन्त्रीस्तरीय निर्णयका आधारमा भरतपुर अस्पतालको अध्यक्षमा चितवनका युवा राजनीतिज्ञ राजकुमार राजभण्डारी नियुक्त हुनुभएको थियो । 


 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np