भरतपुर अस्पतालमा उपचाररत बालिकालाई फूलमाया कार्की फाउण्डेशनद्धारा आर्थिक सहयोग

 

Bharatpur Hospital

 

११, साउन, चितवन । मष्तिस्कघात तथा सुस्त मनस्थीति भएकी एक बालिकालाई उपचारका लागि फूलमाया कार्की फाउण्डेशनले आर्थिक सहयोग गरेको छ ।

लोक तथा दोहोरी गायक बिरही कार्कीद्धारा आमाको स्मृतीमा स्थापना गरिएको फूलमाया काँर्की फाउण्डेशनले दाङ घर भई चितवनको कविलास दासढु∙ामा बस्दै आएकी ६ बर्षिया बालिका शोभा श्रेष्ठको उपचारका लागि आर्थिक सहयोग गरेको हो । उनी भरतपुर अस्पतालमा उपचाररत रहेकी छिन् । मष्तिस्कघातबाट पिडित रहेकी बालिकाको घरको आर्थिक अवस्था पनि निकै कमजोर भएको र उपचारमा समस्या भएको जानकारी पाएपछि गायक विरही कार्की र भरतपुर अस्पताल बिकास समितीका अध्यक्ष बिजय सुवेदीले बालिकाका बाबु राजु श्रेष्ठलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । मुडुला कार्की समाजद्धारा फूलमाया फाउण्डेशन मार्फत उक्त आर्थिक सहयोग बालिकालाई दिइएको सस्थाकी उपाध्यक्ष अम्विका कार्कीले जानकारी दिइन् । श्रेष्ठका २ छोरीहरु मध्ये जेठी छोरी शोभा जन्मिए देखि नै मष्तिस्कघात तथा सुस्त मनस्थीति सम्वन्धि समस्याबाट पिडित बन्दै आएकी छिन् । आमा समेत नभएका २ छोरीलाई बाबु राजुले एक्लै हेरचाह र स्याहार सुसार गर्दै आएका छन् । “उपचारमा थोरै भएपनि राहात होस्, उपचारमा टेवा दिन सकियोस् र सहयोगको भावना जागृत होस् भनेर बालिकाको उपचारका लागि सहयोग गरेको हुँ” गायक तथा फूलमाया कार्की फाउण्डेशनका अध्यक्ष बिरही कार्कीले भने, “आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन्छु।” कार्कीले बालिकाको थप उपचारका लागि समेत चिकित्सकहरूसँग आवश्यक परामर्श गरि सहयोग गर्ने सो अवसरमा वचन दिए । शोभाको दुवै हात खुट्टा चल्न सक्दैनन् भने उनले दिसा पिसाव आएको समेत थाहा पाउदिनन् । 

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै भरतपुर अस्पताल बिकास समिती अध्यक्ष बिजय सुवेदीले सहयोग गर्न सक्ने मानिसहरूले विपन्न, असहाय र अशक्त नागरिकहरूको उपचारमा सानो सानो भएपनि सहयोग गर्न सके, त्यसले ठुलो राहात मिल्ने वताए । बालिकाका बाबु राजु श्रेष्ठले आर्थिक अवस्था निकै कमजोर भएका कारण छोरीको उपचार गराउन नसकेको, आमा पनि नभएकोले हेरचाह गर्न समेत समस्या भएको वताए । 

फूलमाया कार्की फाउण्डेशनका तर्फबाट मकवानपुरको डाडाँखर्ककी एक चेपाङ बालिका मुना चेपाङलाई रू ५० हजार बराबरको अक्षय कोष बनाएर पढाउदै आएको गायक कार्कीले जानकारी दिए । गायक तथा शब्द संकलक कार्कीले आफ्नी दिवंगत आमाको स्मृतीमा गत असार ८ गते फूलमाया कार्की फाउण्डेशन स्थापना गरि सामाजिक सेवा गर्दै आएको छन् । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Govinda Kandel
    Spokesperson
    9855019160
    kandelgovinda577@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    9855019166
    cmbashyal@gmail.com