“जिम्मेवारी अनुसारको काम गरेर सहयोग गर्नुस् ” ः नवनियुक्त मेसु मरासिनी

 

Bharatpur Hospital

 

२८, फाल्गुण, चितवन । भरतपुर अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेन्डण्ट डा. रुद्र प्रसाद मरासिनीले आजबाट आफ्नो पदभार ग्रहण गरेका छन् ।

 निमित्त मेडिकल सुपरिटेन्डेण्टका रुपमा नियुक्त भएर आएका मरासिनीलाई आज एक अनौपचारिक कार्यक्रमका वीच अस्पताल प्रशासनमा स्वागत गरिएको थियो । उनले आजैबाट कामकाज थालेका हुन् । उनलाई अस्पतालका बरिष्ठ डाक्टरहरु  माणिकलाल मानन्धर, निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सुनिलमणि पोख्रेल, लेखा प्रमुख सूर्यमणि कण्डेल लगायतले स्वागत गरेका थिए । अनौपचारीक कार्यक्रममा बोल्दै नवनियुक्त मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्र प्रसाद मरासिनीले आफुले कुनै पनि कर्मचारी तथा चिकित्सकलाई काम गर्न दवाव नदिने र काम नगर्नुको कारण खोजी गर्ने वताए । सवैले आ आफ्नो तोकिएको काम र जिम्मेवारी पुरा गरेर आफुलाई सहयोग गर्न आग्रह मरासिनीले गरे । उनले अस्पतालले सम्पादन गर्नुपर्ने थुप्रै कामहरु रहेको भन्दै त्यसलाई कार्ययोजना बनाएर नै अघि बढ्ने वताए । उनले अस्पतालमा सवैजनासँग हालमालो र सरसल्लाहबाट नै अघि बढ्ने वताए । सो अवसरमा पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा. माणिकलाल मानन्धरले युवाहरुले समेत जिम्मेवारी लिएर तोकिएको कार्यभार पूरा गर्न सक्छन् भन्ने कुरा सफलतापूर्वक जिम्मेवारी अनुसारको काम सम्पादन गरेर अब्बल देखिन नवनियुक्त मेडिकल सुपरिटेण्डेन्ट डा. मरासिनीलाई सुझाव दिए । उनले आफु सिनियरहरुले हरेक समय र काममा सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् । यस्तै, निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सुनिलमणि पोख्रेलले युवाहरुले समेत अबसर पाए गरेर देखाउछ भन्ने कुरा प्रमाणित गरेर देखाउन नवनियुक्त मेसु डा. मरासिनीलाई आग्रह गरे । उनले अस्पतालमा अव युवा चिकित्सकहरुका लागि अवसरका ढोकाहरु खुलेको वताए ।  भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट रहेका केवशराज भुर्तेल निलम्वनमा परेपछि मेसु पद खाली भएको थियो । भरतपुर अस्पतालमा दशौ तहका अर्थोपेडिक सर्जनका रुपमा कार्यरत डा. रुद्र प्रसाद मरासिनी युवा चिकित्सक हुन् । उनलाई फाल्गुण २३ गतेको मन्त्रिस्तरीय निर्णयबाट भरतपुर अस्पतालको मेसु नियुक्त गरिएको हो ।



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np