About Us [Bharatpur Hospital]

कर्मचारी आवास गृह
अस्पताल प्रमुख र विभागीय प्रमुखहरुको लागि छुट्टाछुट्टै आवास गृहहरु छन् । आवास गृहमा चिकित्सक, नर्स तथा अन्य अस्पतालका कर्मचारीहरुछुटाछुटै रुपमा परिवारका साथ वस्दै आएका छन् । अस्पतालमा जुनसुकै बेला पनि आवश्यक परेको समयमा उपस्थित हुने गरि आवास गृह दिइएको हो । अस्पतालको गुरुयोजनामा  चिकित्सकहरुको लागि ६ परिवार रहन सक्ने ६ वटा भवनहरु बनाउने । अन्य स्वास्थ्य प्राविधिकहरुको लागि आठ परिवार रहन सक्ने ६ वटा भवनहरु निर्माण,परिचारिकाहरुको लागि ७५ परिवार बस्न सक्ने भवनहरु निर्माण, श्रेणी विहिन कर्मचारीहरुको लागि १२८ परिवार बस्न मिल्ने ४ भवनहरु निर्माण गरिने उल्लेख छ ।  आवास गृहसँगै ४ वटा पाहुना घरहरु हुनेछन् । कर्मचारीहरुको मनोरञ्जन तथा खेलकुदहरुको लागि आवश्यक भवन, कोर्टहरु र खेल मैदान हुनेछन् । कर्मचारीका साना बालबच्चाहरुको अध्ययन र मनोरञ्जनको लागि स्कुल र मैदान हुनेछ । 
कर्मचारीहरु र उपचारको क्रममा आउने अन्य सम्पूर्ण व्यक्तिका सवारी साधन पार्क गर्न छुट्टाछुट्टै पार्किङ्ग स्थल हुनेछन् । अस्पताल भवन र अन्य भवनमा आउने जाने खुल्ला बाटोमा छाना हालिएको हुनेछ । अस्पताल परिसर तथा आवास गृह वरिपरिका बाटोहरु पिच गरिएको हुनेछन् । वातावरणीय स्वच्छताको लागि वृक्षारोपण तथा हरियालीयुक्त ग्रीनपार्क ९बगैचा० बन्नेछ । बाहिरी सडकसँग जोडिएको सम्पूर्ण स्थानमा व्यापारिक प्रयोजनका आयमुलक भवनहरु निमार्ण गर्ने गरी पर्याप्त जग्गा छुट्याइएको छ ।

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np