'भरतपुर अस्पताललाई केन्द्रिय रेफरल अस्पताल बनाउन सहयोग गर्दछु" ः प्रम

 

Bharatpur Hospital

 

१३, असोज, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको भरतपुर अस्पताललाई केन्द्रिय रेफरल अस्पताल सहित सुविधा सम्पन्न अस्पताल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपूर अस्पतालको आकस्मिक निरीक्षण गर्दै देशको सरकारी अस्पताल भैकन पनि निकै राम्रो सेवा र सुविधा प्रदान गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । “मलाई सरकारी अस्पताल यत्तिको राम्रो होला भन्ने लागेकै थिएन्, तपाईहरुले निकै राम्रो काम गर्नुभएको रहेछ” प्रधानमन्त्रीको भनाई उधृत गर्दै अस्पतालका निवर्तमान अध्यक्ष विजय सुवेदीले भन्नुभयो, “प्रधानमन्त्री भरतपुर अस्पताललाई चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान बनाउन सहयोग गर्दछु भन्नुभएको छ।” 

सो अवसरमा अस्पतालका मेडिकल सुरीटेण्डेन्ट डा. रूद्रप्रसाद मरासिनीले अस्पतालका बिभिन्न समस्या र अवस्थाका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । “मैले प्रधानमन्त्रीसँग भरतपुर अस्पताललाई ६ सय शैयाको सरकारी स्वीकृती दरवन्दी सहितको म्यानपावर, औजार उपकरणको व्यवस्था गरिदिन प्रधानमन्त्रीसँग अनुरोध गरे, उहाँले सकारात्मक रुपमा लिएर सहयोग गर्दछु भन्नुभएको छ”  मेसु डा. मरासिनले भन्नुभयो । 

अस्पताल निरीक्षणको क्रममा प्रधानमन्त्री दाहालले भरतपुर अस्पतालको वृत्ति र विकासका लागि ठोस योजना सहित आउन अस्पताल प्रशासनलाई आग्रह गर्नुभएको छ । 

अस्पताल निरीक्षणका क्रममा प्रधानमन्त्रीले अस्पतालका बिरामीहरूको स्वास्थ्य स्थिति र अस्पतालको सेवा प्रवाहबारे जानकारी लिनुभएको थियो ।  निरीक्षणपछि प्रधानमन्त्रीले अस्पताल प्रशासनलाई निर्देशन दिँदै भन्नुभयोे, “सरकारले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको छ । सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने सरकारको निर्णय यसैमा केन्द्रित छ।” 

सो अवसरमा प्रधानमन्त्री दाहालले अस्पतालको स्त्री तथा प्रसुती विभाग, एनआइसियु, अप्रेशन थ्रिएटर, पोष्टअप, वृद्धवृद्धा कक्ष लगायतका स्थानहरूको प्रत्यक्ष निरिक्षण गर्नुभएको थियो । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np