मानव सेवा आश्रमका असहाय र वेवारिसेहरुको भरतपुर अस्पतालले निशुल्क उपचार गर्ने ।

 

Bharatpur Hospital

 

१०, चैत्र, चितवन । भरतपुर अस्पतालले सामाजिक सेवा गर्दै आएको मानव सेवा आश्रममा सेवा लिइरहेका असहाय,गरिव,बेबारिसेहरुलाई निशूल्क रुपमा उपचार गर्ने भएको छ ।

 अस्पताल प्रशासनमा आज बिहान भरतपुर अस्पताल र मानव सेवा आश्रमका वीच अस्पतालमा उपलब्ध सवै सेवाहरु आश्रममा बसेका गरिव, असाहाय र बिपन्नहरुलाई निशुल्क गर्ने सहमती पत्रमा हस्ताक्षर भएको छ । सहमती पत्रमा अस्पतालका तर्फबाट अस्पताल बिकास समितीका अध्यक्ष बिजय सुवेदी र मेसु डा. रुद्र प्रसाद मरासिनी तथा मानव सेवा आश्रमका तर्फबाट संयोजक रामजी अधिकारी र रोटरी क्वल अफ भरतपुरका अध्यक्ष धन बहादुर श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । परिचय पत्रको व्यवस्था गरि अस्पतालमा उपलब्ध सवै सेवा निशुल्क गर्ने सहमती भएको अस्पतालका अध्यक्ष बिजय सुवेदीले जानकारी दिनुभयो । सहमती पत्रमा भरतपुर अस्पतालले प्रत्येक महिनाको एक दिन मानव सेवा आश्रमको अनुरोधमा आवश्यकता अनुसार चिकित्सकहरु उपलब्ध गराएर आश्रममा गएर नै स्वास्थ्य परिक्षण गर्ने उल्लेख छ । उपचारमा आएका असहाय तथा वेवारिसे बिरामीहरुको हेरविचारमा अभिभावकहरुको भूमिका आवश्यक परेमा आश्रमले आवश्यक व्यवस्था गर्ने सहमती भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्र प्रसाद मरासिनीले जानकारी दिनुभयो ।  यसअघि पनि भरतपुर अस्पतालले गरिव, असहाय बिपन्न र वेवारिसे बिरामीहरुलाई निशुल्क उपचार गर्दै आएको पनि आश्रमसँग आज औपचारिक रुपमा सहमती भएको हो । भरतपुर अस्पतालमा प्रहरीले बिभिन्न स्थानबाट ल्याएर छाडिदिने बेवारिसे तथा असहायहरु तथा अन्य बिभिन्न माध्यमबाट आउने वेवारिसेहरुका कारणले केही बर्ष अघिसम्म उपचार पछि राख्ने उचित व्यवस्था नहुदा निकै समस्या हुदै आएको थियो । पछिल्ला बर्षहरुमा यसरी आउने वेवारिसे तथा असहायहरुलाई मानव सेवा आश्रमले लगेर राख्ने गरेको छ । 


 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np