भरतपुर अस्पतालमा रू ७४ लाख बरावरको निशुल्क उपचार ।

 

Bharatpur Hospital

 

१०, साउन, चितवन । चितवनको भरतपुर अस्पतालमा सामाजिक सेवा इकाई मार्फत रु ७४ लाख १८ हजार ६२ बराबरको निशुल्क उपचार प्रदान गरिएको छ । आर्थिक बर्ष २०७१÷७२ मा नेपाल सरकारको ६२ लाख र अस्पताल बिकास समितीको १२ लाख १८ हजार ६२ रुपैया वरावरको निशुल्क उपचार गरिएको सामाजिक सेवा इकाईका प्रमुख नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

 भरतपुर अस्पतालमा अति गरिव, असहाय, अपाङ, जेष्ठ नागरिक, लै∙िक हिंसा पिडित महिला स्वास्थ्य स्वंय सेवि र भूकम्प पिडितहरूलाई सामाजिक सेवा मार्फत निशुल्क उपचारको व्यवस्था गरिएको हो । भरतपुर अस्पतालमा आर्थिक बर्ष २०७१÷०७२ मा ३ हजार ८ सय २९ जनाले निशुल्क उपचार सेवा लिएका छन् । जस मध्ये अति गरिव पुरुष १ हजार ४६ जना र महिला १ हजार १८ जना, असहाय ९५ जना पुरुष र ५७ जना महिला, अपाङ ४३ जना पुरूष र २८ जना महिला, जेष्ठ नागरिक ५ सय ६१ पुरुष र ६ सय ५० महिला, लै∙िक हिंसा पिडित ५ जना महिला, महिला स्वास्थ्य स्वंयसेविका ४५ जना, भूकम्प पिडित १ सय ४९ जना पुरुष र १ सय ३५ जना महिलाहरुले निशुल्क रुपमा उपचार गराएका छन् । “यो सेवा समाजिक सेवा इकाई मार्फतको मात्र हो” इकाईका प्रमुख सापकोटाले भन्नुभयो  “अक्सिजन, अप्रेशन र  बिरामीलाई रगत वापतको सेवामा अस्पताल आफैले छुट्टै खर्च गरेको छ, त्यसलाई यसमा समाबेश गरिएको छैन् ।”  भरतपुर अस्पतालमा गरिव, विपन्न तथा सिमान्तकृत समुदायहरुले निशुल्क सेवा लिन आउदा नेपाल सरकारले जारी गरेको परिचय पत्र वा नागरिकताको प्रमाणपत्र वा अन्य कुनै परिचय पत्र वा स्थानिय निकायको सिफारिस लिएर आउनुपर्ने व्यवस्था गरिएको छ । असाह्यका लागि प्रहरीको सहयोग वा अन्य कुनै सामाजिक सस्था वा व्यक्तिको सहयोगमा आएकाहरुलाई निशूल्क उपचार गरिने व्यवस्था छ । यस्तै, अपा∙हरूका लागि  महिला विकास शाखाले जारी गरेको परिचय पत्र, जेष्ठ नागरिकहरूले  सामाजिक सुरक्षा भत्ता लिएको परिचयपत्र लिएर आउनुपर्ने व्यवस्था गरिएको छ । साथै लै∙िक हिंसामा परेका महिला, पुरूष वा वालवालिका र स्वंय सेविका महिलाहरूलाई पनि अस्पतालमा आंशिक तथा पूर्ण छुट हुने व्यवस्था छ । 

 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np