भरतपुर अस्पतालका पूर्व मेसु न्यौपानको बिदाई ।

 

Bharatpur Hospital

 

२२, माघ, चितवन । भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा. महेन्द्रराज न्यौपानेलाई आज एक कार्यक्रमका वीच विदाई गरिएको छ ।

अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका वीच पूर्व मेसु डा. न्यौपानेलाई भरतपुर अस्पताल बिकास समितीका अध्यक्ष बिजय सुवेदी, मेसु डा. केशवराज भूर्तेल, बिभिन्न विभागका बिभागिय प्रमुख, प्रशासन प्रमुख कृष्ण प्रसाद पौड्ेल, नर्सिग प्रमुख मिरा अधिकारी लगायतले बिदाई गर्नुभएको हो । न्यौपाने सरकारी सेवामा ४० बर्ष विताएर अनिवार्य अवकाशमा जानुभएको हो । अध्यक्ष सुवेदीले माला र अविरल तथा मेसु डा. भुर्तेलले भादगाँउले टोपी लगाइदिएर न्यौपानेको बिदाई गर्नुभएको हो । २०६९ साउन देखि २०७० चैत्रसम्म न्यौपाने भरतपुर अस्पतालको मेसु भएर कार्य सम्पादन गर्नुभएको थियो । उहाँले भरतपुर अस्पतालमा प्रविणता प्रमाणपत्र तह नर्सिग, अस्पतालको स्वर्ण महोत्सव,भरतपुर नगरपालिकासँग मिलेर मालपोत चोकदेखि अस्पतलाको नयाँ गेटसम्म सडक पिच, पोस्टमार्टम घर निर्माणको काम शुरुलगायतका  स्मरण योग्य काम गर्नुभएको थियो । २०३३ साल साउन २ गते हेल्थ असिष्टेण्ट सेवाबाट उहाँले नेपाल सरकारको स्वास्थ्य सेवा शुरु गर्नुभएको थियो । गोरखाको पालुडटार नगरपालिका लुइटेल स्थायी घर भएका न्यौपानले भरतपुर अस्पताल अघि जिल्ला अस्पताल स्याडजामा २०४४ देखि २०४८ सम्म र नुवाकोट जिल्ला अस्पतालमा २०४८ देखि २०५१ सम्म मेडिकल सुपरिटेण्डेन्टका रुपमा कार्य गरिसक्नुभएको थियो भने, मानसिक अस्पताल पाटनमा मानसिक रोग विभाग बिषेशज्ञका रुपमा ४ बर्ष सेवा गर्नुभएको थियो । बिदाई समारोहमा बोल्दै डा. न्यौपानेले भरतपुर अस्पतालको प्रगति र उन्नतीमा बाहिर बसे पनि समाहित हुने वताउनु भयो । 


 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np