भरतपुर अस्पतालका नया मेडिकल सुपरिटेन्डन्ट पौडे्लको स्वागत ।

 

 

भरतपुर अस्पताल विकास समिती कर्मचारी युनियनले भरतपुर अस्पतालका नव नियुक्त मेडिकल सुपरिटेण्डेन्ट डा. विजय प्रसाद पौड्ेललाई आज अस्पताल परिसरमा स्वागत गरेको छ ।


२७, फाल्गुण, चितवन । 

सो अवसरमा भरतपुर अस्पतालका चिकित्सक, पारामेडिक्स, नर्सिङ विभागका सिनियर कर्मचारीहरुले नव नियुक्त मेसु डा. विजय प्रसाद पौडे्ललाई स्वागत गरेका थिए । डा. पौड्ेल फाल्गुण २५ गते मन्त्रिस्तरीय निर्णयका आधारमा भरपतुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा नियुक्त हुनु भएको थियो । युनियनका अध्यक्ष इश्वरी खनालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अस्पताल विकास समितीका अध्यक्ष विजय सुवेदी रहनुभएको थियो । स्वागत कार्यक्रममा वोल्दै नवनियुक्त मेडिकल सुपरिटेण्डेन्ट डा. विजय प्रसाद पौडे्लले भरतपुर अस्पतालको विकास र कर्मचारीहरुको हितका लागि लाग्ने प्रतिवद्धता जाहेर गर्नुभयो । स्वागत कार्यक्रममा डा. पौडे्लले भन्नुभयो, “अव म मेरो वाकि सरकारी जागिर जीवन भरतपुर अस्पतालको विकासका लागि लगाउछु, चाहान्छु चाहे म मेसु हौऔ अथवा नहौऔ” । भरतपुर अस्पताल प्रति अहिले सवै पक्ष सकारात्मक रहेको अवस्थामा यसको विकास गर्दै नमुना अस्पताल वनाउने समय आएको पनि मेसु डा. पौडे्लले वताउनुभयो । म कुनै पनि कर्मचारीहरुलाई आस्थाका आधारमा विभेद गर्दिन्, अस्पताल भित्र कुनै राजनीति पनि गर्दिन र अरुलाई पनि गर्न दिन्न मेसु डा. पौड्ेलले भन्नुभयो, म कसैलाई पनि आसेपासे वनाउदिन् । सोही अवसरमा वोल्दै प्रमुख अतिथि समेत रहनुभएका अस्पताल विकास समितीका अध्यक्ष विजय सुवेदीले भरतपुर अस्पतालमा आफुले विधी र पद्धती वसाल्न चाहेको भन्दै कुनै भनसुन वा हस्तक्षेप वा प्रभावका आधारमा काम नहुने अवस्थाको निर्माणमा लागेको वताउनुभयो । उहाँले भरतपुर अस्पतालको महत्वकाक्षी योजना व्लक सि निर्माणको काम अघि वढेको भन्दै अस्पतालको विकासका लागि नेपाल सरकारका मुख्य सचिव, स्वास्थ्य सचिव र अन्य सकारात्मक र केही गरौं भन्ने भावना भएका मानिसहरुको सहयोग रहेको जानकारी दिनुभयो । अध्यक्ष सुवेदीले नीजि अस्पताल चलाए जस्तो कार्यशैली सरकारी अस्पतालमा नचल्ने वताउनुभयो । स्वागत कार्यक्रममा भरतपुर अस्पताल कर्मचारी युनियनका पूर्व अध्यक्ष हिरामान महर्जन, नर्सिङ प्रमुख मिरा अधिकारी, डा. उन्नत श्रेष्ठ, डा भोजराज अधिकारी, लक्ष्मी प्रसाद सुवेदी लगायतले वोल्नुभएको थियो । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np