भरतपुर अस्पतालका वृद्धबृद्धालाई स्वास्थानी कथा ।

 

 

भरतपुर अस्पतालको जेराएटिक वार्डका वृद्धवृद्धाहरुलाई स्वास्थनी कथा सुनाउन थालिएको छ ।

२५, पौष, चितवन । 

भरतपुर अस्पतालको जेराएटिक वार्डका वृद्धवृद्धाहरुलाई स्वास्थनी कथा सुनाउन थालिएको छ । पौष २० गतेबाट शुरु भएको स्वस्थानी व्रतकथा अस्पतालका वृद्धबृद्धाहरुलाई पनि श्रवण गराउन थालिएको अस्पतालका मेडिकल सुपरिटेण्टेन्ड डा. केशवराज भुर्तेलले जानकारी दिनुभयो । भरतपुर अस्पतालले सञ्चालन गरेको १० वेड क्षमताको जेराएटिक वार्डमा भर्ना भएका बिरामीहरुलाई कार्यरत नर्सहरुले हरेक दिन बिहान साँढे ८ बजे स्वस्थानी व्रत कथा सुनाउदै आएका छन् । अहिले कक्षमा ५ जना वृद्धा र ३ जना वृद्ध गरि ८ जना भर्ना भएर उपचार लिइरहेका छन् । स्वस्थानीको महिना भएको र वृद्धबृद्धाहरुमा धेरै धार्मिक आस्था हुने भएकाले उनीहरुको रुची अनुसार स्वास्थानी सुनाउन थालिएको हो, कक्षकी इन्र्चाज कमला रेग्मीले भनिन्, बिहान वृद्धबृद्धाहरुको हात मुख धोएर वेडहरु सफा गरेर गरेपछि स्वास्थानी शुरु हुन्छ । स्वास्थानी शुरु हुदा वृद्धबृद्धाहरु हातमा फूल लिएर हात जोडि कथा श्रवण गर्दछन् । कथा श्रवण गरेपछि वृद्धबृद्धाहरुलाई प्रसाद समेत दिने गरिएको छ । स्वस्थानी कथा श्रवण गरेपछि वृद्धबृद्धाहरुले आफुमा भएको पिडा पनि केही भुल्ने र दिमाग पनि केही डाइर्भट हुने भएकोले स्वस्थानी व्रत कथा प्रभावनकारी हुने भनाई छ मेसु डा. भुर्तेलको । डा. भुर्तेलले स्वस्थानी व्रत चलिञ्जेल कथा प्रवचनलाई नियमति गर्न निर्देशन दिएको वताए । राजधानी वाहिर भरतपुर अस्पतालमा मात्र वृद्धबृद्धा उपचार कक्ष रहेको छ। 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np