भरतपुर अस्पतालको आकस्मिक कक्षमा डिफ्रिब्रिलेटर मेशिन जडान ।

 

 

भरतपुर अस्पतालको आकस्मिक कक्षमा मुटको धडकनलाई सहि अवस्थामा ल्याउने उपकरण डिफ्रिबिलेटर मेशिन जडान गरिएको छ ।

२८, फाल्गुण, चितवन । 

आकस्मिक कक्षलाई अत्याधुनिक वनाउने उदेश्य अनुरुप मुटुको चाल नियन्त्रण तथा तत्कालै मुटुको धड्कनलाई ठिक अवस्थामा ल्याउने मेशिन विहिवार अस्पतालका मेडिलक सुपरिटेण्डेन्ट डा. विजय प्रसाद पौडे्लले आकस्मिक कक्षका इन्चार्ज विष्णु सापकोटालाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा वोल्दै मेसु डा. पौडे्लले सवै विरामी र उनीहरुका आफन्तको ध्यान आकस्मिक कक्षमा जाने भएकोले त्यसलाई अत्याधुनिक र सुविधा सम्पन्न वनाउन लाग्ने प्रतिवद्धता जनाउनुभयो । जडान गरिएको मेशिनको मुल्य साढे ४ लाख पर्ने सो अवसरमा डा. पौडे्लले जानकारी दिनुभयो ।  उहाँले आकस्मिक कक्षका सवै वेट साइटमा मोनिटरको व्यवस्था गर्ने र जनताको विश्वास वढाउने वताउनुभयो । यसअघि नै करिव ८ लाखको लागतमा आकस्मिक कक्षको अवस्था सुधार गरिएको थियो । सो समयमा आकस्मिक कक्षका हरेक वेड साइटमा अक्सिजन पाइपलाईन जडान गरि सकिरहेको छ । यसैविच, भरतपुर अस्पतालमा स्वाइन फ्लू नियन्त्रणका लागि हेल्प डेस्क स्थापना गरिएको छ । भरतपुर अस्पताल र जिल्ला जनस्वाथ्य कार्यालय चितवनको संयुक्त पहलमा अस्पताल परिसरमा हेल्प डेस्क राखिएको हो । विरामी र उनीहरुका आफन्त तथा अन्य कामका लागि अस्पताल आउने नागरिकहरुलाई स्वाइन फ्लूका वारेमा जनचेतना जगाउन हेल्प डेस्क स्थापना गरिएको भरतपुर अस्पताल मेसु डा. विजय पौडे्लले जानकारी दिनुभयो । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np