PICU एवं New ICU and CCU वार्डको समुद्घाटन सम्पन्न

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रि मा. मोहन बहादुर बस्नेतज्यु द्वारा भरतपुर अस्पतालको PICU एवं New ICU and CCU वार्डको समुद्घाटन सम्पन्न भयो

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रि मा. मोहन बहादुर बस्नेतज्यु द्वारा भरतपुर अस्पतालको PICU एवं New ICU and CCU वार्डको समुद्घाटन सम्पन्न भयो।उक्त उदघाटन संगसंगै माननीय मन्त्रीज्युद्वारा भरतपुर अस्पतालका विभिन्न सेवाहरुको अवलोकन भ्रमण र सेवाग्राहीहरुसँग वार्तालाप समेत गर्नुभयो।

उहाँले अहिलेको चिकित्सा ऐन संशोधन नभए देशमा स्वास्थ्य जनशक्तिको भ्याक्युम हुने खतरा बढेको धारणा पनि राख्नुभयो । 

चिकित्सा ऐन संशोधन गरेर स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादनमा खुकुलो नीति लिन सकिएन भने जनशक्तिको भ्याक्युम खड्कने छ”, उहाँले थप्नुभयो, “अहिले पनि हामीसँग जनशक्ति नभएर तीन जना चिकित्सक तथा स्वास्थ्यकर्मीले गर्नुपर्ने काम एक जनाले गर्नुपर्ने बाध्यता छ ।”

२२ वर्ष अघि ३३ हजार कर्मचारी थिए तर अहिले ३१ हजार मात्रै छन् । अस्पतालका सेवा सुविधा र कार्यक्षेत्र बढ्दै गएकाबेला कर्मचारी कटौतीले अस्पताल सञ्चालन र व्यवस्थापनमा समस्या भएको छ”, उहाँले भन्नुभयो । उहाँले दरबन्दी थप गर्ने विषयमा अर्थ मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयले परिपत्र गरिसकेको बताउँदै, उहाँले थप्नुभयो “अहिले आवश्यकताको एक चौथाइ कर्मचारी मात्रै छन् । यसलाई थप गर्दै जान्छौ ।”

नेपालमै अध्ययन गर्ने बातवरण बनाउने गरी चिकित्सा ऐनमा संशोधन गर्न लागिएको पनि उहाँले जनाउनुभयो । “गुणस्तरीय शिक्षा आवश्यक । त्यसमा पनि नेपालमै अध्ययन गर्न महँगो नहोस् भन्ने कुरामा ध्यान दिन जरुरी छ”, उहाँले भन्नुभयो, “देशको आवश्यकता अनुसार स्वास्थ्यकर्मी भ्याक्युम हुन दिँदैनौ । ऐन संशोधन गरेर पनि अगाडि बढ्छौँ ।”

भरतपुर अस्पतालको अनुगमनपछि उहाँले यो अस्पतालमा देखिएको बढ्दो बिरामीको चाप थेग्न यसलाई शैक्षिक संस्थाका रूपमा विकास गर्नुको विकल्प नभएको बताउनुभयो । 

सो अवसरमा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य क्षेत्रको विकास र अस्पतालको स्तर वृद्धि गराउन सङ्घीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नेपाल सरकारले दिएको सेवा सुविधा सहज ढङ्गबाट बिरामीले पाउनुपर्छ भन्ने मान्यता मात्रै हाम्रो हो यसमा सबै मिलेर अगाडी बढ्नुपर्छ”, उहाँले भन्नुभयो । सो अवसरमा भरतपुर अस्पतालका सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेल र अध्यक्ष राजु पौडेलले अस्पतालका अवस्थाका बारेमा मन्त्रीलाई जानकारी गराएका थिए । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np