चितवनमा पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियान सुरू ।

 

Bharatpur Hospital

 

२४ भाद्र, चितवन । चितवनमा पाठेघरको मुखको क्यान्सर बिरूद्धको एचपिभि खोप अभियान सुरू भएको छ ।

 भाद्र २२ गतेदेखि नै चितवनमा शुरु गर्ने कार्यक्रम अन्र्तगत पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप जिल्लाका विद्यालय र स्वास्थ्य केन्द्रहरुमा सुरू गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख मधुसुदन कोइरालाले जानकारी दिनुभयो । कक्षा ६ मा अध्ययन गर्ने ९ बर्षदेखि १३ बर्षसम्मका बालिकाहरुलाई यो खोप लगाइन्छ । पहिलो यौन सम्पर्क हुनुभन्दा अघि नै यो खोप दिने गरिन्छ ।  

गत वर्षको फागुन १६ गतेदेखि शुरु भएको अभियानको दोस्रो चरण र यो बर्षको पहिलो चरणमा खोप कार्यक्रम शुरु भएको कोइरालाको भनाई छ। सरकारले पाइलट प्रोजेक्टका रुपमा चितवन र कास्कीमा पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप कार्यक्रम सुरू गरिएको थियो । छ महिनाको अन्तरमा दुई चरणसम्म दिइने खोपको दोस्रोचरण सुरू गरिएको बालस्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख मुकुन्द गौतमले जानकारी दिनुभयो ।

पहिलो चरणमा विद्यालयमा जाने कक्षा ६ मा अध्ययन गर्ने बालिकाहरुलाई खोप लगाइने छ भने, विद्यालय भन्दा बाहिर रहेका बालिकाहरुलाई स्वास्थ्य केन्द्रबाट नै खोप लगाइने छ। चितवनको भरतपुर उपमहानगरपालिका, रत्ननगनगरपालिका, बछ्यौली, पञ्चकन्या लगायतका क्षेत्रमा भने आजबाट खोप कार्यक्रम शुरु गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप निरिक्षक दिवाकर महर्जनले जानकारी दिनुभयो।

 चितवनमा ३ चरणमा गरी असोज ३ गतेसम्म यो कार्यक्रम चल्ने महर्जनले बताउनुभयो महर्जनले सवै विद्यालय र अन्य १३ बर्षसम्मका बालिकाहरूलाई यो खोप लगाउन सहयोग गर्न अनुरोध गर्नुभयो ।  जिल्लामा पहिलो चरणमा खोप लगाएका ७ हजार २ सय २१ र यस बर्ष थप हुने गरी करिव १५ हजार ६१ लगाउने लक्ष्य रहेको छ । निःशुल्क रूपमा दिइने यो खोपको मूल्य दुई चरणको गरी २० हजार रुपैयाँ पर्छ ।

दुई जिल्लाको परिणाम हेरेर मात्रै बाँकी जिल्लामा कार्यक्रम लैजाने सरकारको तयारी छ ।गौतमका अनुसार पाठेघरको मुखको क्यान्सरको जोखिम भएका ३० देखि ६० वर्ष उमेरका महिलाका लागि पनि कार्यक्रम ल्याउने तयारी भइरहेको छ । पाठेघरको मुखको क्यान्सर मध्ये ७० प्रतिशत रोग ह्युमन प्याटिलेमा भाईरस (एचपिभी) बाट मात्रै लागेको अध्ययनले देखाएको छ । यो खोप ९० प्रतिशत प्रभावकारी रहेको शाखा प्रमुख गौत्तमले दावी गर्नुभयो । 

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरमा प्रत्येक वर्ष दुई लाख ७० हजार भन्दा बढी महिलाहरूको पाठेघरको मुखको क्यान्सरको कारणले मृत्यु हुने गरेको तथ्यांक छ नेपालमा प्रत्येक वर्ष करिब १० हजार २० जनामा पाठेघरको मुखको क्यान्सर बढी हुने अनुमान गरिएको छ । जसमा ५० प्रतिशत महिलाहरूको मृत्यु हुने गरेको तथ्यांक छ ।



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np