चितवनमा स्क्रब टाइफसबाट संक्रमित १४६ जनाको पहिचान ।

 

Bharatpur Hospital

 

१३, भाद्र, चितवन । चितवनमा स्क्रब टाइफस रोगका कारण दुई जनाको ज्यान गएको छ । देशभर १७७ जना संक्रमति हुँदा चितवनमा १ सय ४६ जनाको संक्रमण पछि उपचार भैरहेको छ ।

चितवनमा दुई जनासहित नेपालमा स्क्रब टाइफसबाट मर्नेको संख्या पाँच पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले शुक्रबारसम्म देशभर १७६ जना संक्रमित भएको र यस बर्ष ५ जनाको मृत्यु भएको जानकारी दिएको छ । 

इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधी शर्माले वैशाखदेखि भदौको पहिलो सातासम्ममा विभिन्न जिल्लाका गरी पाँच जनाको ज्यान गएको जानकारी दिनुभयो । यस बर्ष संखुवासभाका २ जनाको र भोजपुर, चितवन, तनहुँका १÷१ जनाको स्क्रब टाइफसका कारणबाट मृत्युभएको छ । गत बर्ष स्कब टाइफसबाट नेपालमा ८ जनाको ज्यान गएको थियो । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रूद्रप्रसाद मरासिनीले राज्यले किट् ल्याउने व्यवस्था सहज बनाउनुपर्ने वताउनुभयो । “अहिले हामीले आफ्नै प्रयासमा किट ल्याएर बिरामीहरूको परिक्षण गरिरहेका छौं,” मेसु मरासिनीले भन्नुभयो, “सरकारले पनि चाडै किट् पठाउनुपर्दछ।” 

भरतपुर अस्पतालका फिजिसियन डा. महेन्द्र अग्रहरीले स्क्रब टाइफसका बारेमा सचेतना अपनाउन सके यो रोग मानिसका लागि खतरा नहुने बताउनुभयो । “हरेक समस्याको निदान समयमा नै भएन भै समान्य रोगका कारणबाट पनि ज्यान जान सक्छ” डा. अग्रहरीले भन्नुभयो। यस्ता बिरामीलाई सेफिक्जीन दिदा निको नहुने हुँदा चिकित्सकहरु पनि सचेत हुनुपर्ने डा. अग्रहरीको भनाई थियो । नेपालमा २९ जिल्लामा भएको संक्रमणमा चितवनमा सबैभन्दा बढी १ सय ४५ जनामा संक्रमण भएको छ । टाउको दुख्ने, १ सय ४ जती ज्वरो आउने, मसिना विविरा, पसिना आउने, ग्रन्थी सुनिने यसका लक्षण हुन् । प्रायजसो झाडी, खेतवारी, बनजंगल, घरवरीपरीको झाडीमा हुने भएकाले त्यसतर्फ जाँदा सचेतना अपनाउनुपर्ने चिकित्सकले बताएका छन् । मुख्यगरी मुसामा लाग्ने एक प्रकारको किर्ना जस्तै संक्रमित माइटले टोकेमा स्क्रब टाइफस रोग लाग्छ ।



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np