भरतपुर अस्पतालले वार्षिक उत्सवका अवसरमा विभिन्न कार्यक्रम गर्ने,

 

 

४, चैत्र, चितवन । भरतपुर अस्पतालको ५२ औ वार्षिक उत्सव समारोहलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिती मार्फत तयारीलाई तिव्र पारिएको छ ।

अस्पताल सञ्चासमितीका अध्यक्ष विजय सुवेदीको अध्यक्षतामा आज वसेको वैठकले गठित उपसमितीहरुका कार्य प्रगतिको समिक्षा गरेको छ भने, थप  कार्यक्रमहरु सञ्चालन गर्न विभिन्न जिम्मेवारी दिने काम गरेको छ । आगामी चैत्र २५ गते भरतपुर अस्पतालले स्थापनाको ५२ औ बार्षिक उत्सव समारोह मनाउदै छ । वार्षिक उत्सवलाई लक्षित गरि बार्षिक उत्सवका अवसरमा नियमित प्रकाशन हुदै आएको सञ्जिवनीको प्रकाशन गर्ने निर्णय गरिसकिएको छ । अहिले बिभिन्न व्यक्तित्वहरुका लेख रचनाहरु संकलन गर्ने कार्य भैरहेको संयोजक रुमाकान्त भण्डारीले वैठकमा जानकारी गराउनुभएको थियो । अस्पतालले वार्षिक उत्सवका अवसरमा विभिन्न खेलकुद कार्यक्रम, रक्तदान कार्यक्रम, विभिन्न सास्कृतिक कार्यक्रम, स्वास्थ्य सम्वन्धि प्रर्दशनी, विरामीहरुलाई फलफूल वितरण गर्ने कार्यक्रम तय गरेको छ । यस्तै, सेवारत उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत र सम्मान गर्ने र  भरतपर अस्पतालका भावि सम्भावना र चुनौतीका बारेमा वृहत विचार गोष्ठि गर्ने निर्णय गरिएको अध्यक्ष विजय सुवेदीले जानकारी दिनुभयो । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np