भरतपुर अस्पतालमा करिव २ लाख ३२ हजारले लिए सेवा ।

 

Bharatpur Hospital

 

१७, साउन, चितवन । चितवनको सवैभन्दा ठुलो सरकारी अस्पताल भरतपुर अस्पतालमा आर्थिक बर्ष २०७२/०७३ मा २ लाख ३१ हजार ३३९ जनाले सेवा लिएका छन् ।

 अस्पतालले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक बर्षभन्दा गत आर्थिक बर्षमा १६ हजार ४ सय ५५ जना बढि बिरामी अस्पतालबाट सेवा लिएका हुन् । अघिल्लो आर्थिक बर्ष २ लाख १४ हजार ८ सय ८४ जना बिरामीले अस्पतालबाट सेवा लिएका थिए। अस्पतालमा सवैभन्दा बढि बहिरंग विभागबाट १ लाख ५३ हजार ९ सय ७६ जना बिरामीहरुले सेवा लिएको अस्पतालका मेडिकल रेर्कडर नारायण रिजालले जानकारी दिनुभयो । बहिरंग विभागमा सवैभन्दा बढि मेडिसिन ३३ हजार ८ सय ७६ जनाले लिएका छन् । बहिरंग विभागमा गत बर्ष भन्दा ८ प्रतिशतले बिरामी बढेका छन् । यस्तै अस्पतालको आकस्मिक कक्षबाट गत आर्थिक बर्ष २८ हजार ४ सय ५२ जनाले सेवा लिएका छन् । यस्तै प्रिभेन्टिभ सेवा ४ हजार ५ सय ५२ अन्य सेवा ५ हजार ९ सय ९६ जनाले लिएको मेडिकल रेर्कडर रिजालले जानकारी दिए । 


यस बर्ष अझै बिरामी बढ्छन् ः मेसु मरासिनी । 


अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रूद्रप्रसाद मरासिनीले यस बर्ष अस्पतालमा अझै बिरामीहरू बढ्ने बताउनुभयो । अस्पतालको बहिरंग विभागमा समान्य बिरामीहरूको संख्या बढेपनि इन्डोर सर्भिसमा भने बिरामीहरूको संख्या ह्वात्तै बढ्ने दावी मेसु डा. मरासिनीको छ । अस्पतालको ‘ए’ ब्लक भवन बनेसगै शैयाको संख्या अस्पतालको  ४ सय ५० बाट बढेर झण्डै ६ सय पुगेको छ । अस्पतालमा सिटि स्क्यान सेवा, आइसियु १० बेडबाट बढेर २८ शैया, एनआइसियु सेवा थप, ६ बटा अत्याधुनिक अप्रेशन थ्रिएटर कक्ष, सुविधा सम्पन्न क्याविन, अल्टासाउण्ड मेशिन थप, आर्थोस्कोपी सेवा, ल्याव परिक्षण, इआसिपी सेवा थप भएका कारणले बिरामीहरु स्वभाविक रुपमा बढ्ने देखिएको मेसु डा.मरासिनीले बताउनुभयो । “यसअघि हामी कहाँ सिटी स्क्यान मेशिन पनि थिएन् बिरामीहरुलाई बाहिर पठाउनुपर्ने अवस्था थियो” प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. मरासिनीले भन्नुभयो, “१२८ स्लाइसको अत्याधुनिक सिटि स्क्यान मेशिन थप भएपछि बाहिरका समेत बिरामी हामी कहाँ परिक्षणका लागि आउछन् ।” अस्पतालमा गत आर्थिक बर्षमा ३८ हजार ३ सय ६३  जना भर्ना भएका थिए । अघिल्लो आर्थिक बर्ष अस्पतालको बेड अकुपेन्सी दर ७८.३ रहेकोमा गत आर्थिक बर्ष ८६.५३ प्रतिशत पुगेको छ । भरतपुर अस्पतालमा यसै बर्ष देखि मदन भण्डारी ट्रमा सेन्टर समेत स्थापना भएको छ । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np