भरतपुर असपतालमा चिकित्सा विज्ञान प्रतिष्ठानको स्टार्फ नर्स कार्यक्रम

 

 

भरतपुर अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्र्तगतको प्रमाण्पत्र तहमा नर्सिङ कार्यक्रम संचालन गर्ने भएको छ ।


भरतपुर अस्पतालले  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्र्तगतको प्रमाण्पत्र तहमा नर्सिङ कार्यक्रम संचालन गर्ने भएको छ । अस्पतालले यसै शैक्षिक सत्रदेखि प्रतिष्ठान अन्र्तगतको स्टाफ नर्सको कक्षा कार्यक्रम संचालन गर्न लागेको हो । शैक्षिक गुणस्तरको लागि भन्दै अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यक्रम संचालन गर्न लागेको हो । भरतपुर अस्पतालको अनुरोधलाई  प्रतिष्ठानको बोर्डले सम्बन्धन दिने निर्णय गरेको हो । अस्पतालको नर्सिङ क्याम्पस संचालक समितिको बैठकले स्टाफ नर्समा पनि प्रतिष्ठान अन्र्तगतको कार्यक्रम संचालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई अस्पताल विकास समितिको बैठकले अनुमोदन गरेको हो । नर्सिङ संकायकै स्नातकको पनि चिकित्सा विज्ञान प्रतिष्ठानकै कार्यक्रम संचालन भईरहेको छ । प्रतिष्ठान अन्र्तगत चिकित्सा शास्त्रको स्नातोकोत्तर (एमडीएमएस) , एनेस्थेसिया एसिस्टेण्ड कायत्र्तmम पनि संचालन भईरहेको थियो । यसअघि अस्पतालको सिटिईभीटि अन्र्तगत स्टाफ नर्सको कार्यक्रम संचालन गरेको थियो । सिटिईभीटीलाई त्यसवारे जानकारी गराएर कार्यक्रम चलाउने अस्पतालले जनाएको छ । सरकारी अस्पतालमा स्वास्थ्य मन्त्रालय अन्र्तगतको निकायको कार्यक्रम संचालन गर्दा गुणस्तर र ब्यवस्थापनमा सहज हुने अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले बताउनु भयो ।  

भरतपुर अस्पताललाई स्वास्थय विज्ञान प्रतिष्ठानको अवधारणा अनुसार कार्यक्रम संचालन गरिएको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले बताउनुभयो । असपतालको सबै कार्यक्रम एकै निकायको संचालन गर्दा प्रतिष्ठान बनाउन सजिलो हुने राजभण्डारीले बताउनुभयो ।



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np