भरतपुर अस्पतालको परिवार नियोजन क्लिनिकबाट ६६१ जनाले लिए सेवा ।

 

Bharatpur Hospital

 

१५, माघ, चितवन । भरतपुर अस्पतालको सस्थागत परिवार नियोजन क्लिनिकबाट चालु आवको पौष मसान्तसम्म ६६१ जनाले सेवा लिएका छन् ।

उक्त सख्या क्लिनिकमा परिवार नियोजनको अस्थायी तथा स्थायी सेवा लिने र परामर्श सेवा लिनेको हो । क्लिनिकले दिएको जानकारी अनुसार स्थायी प्रकृतिको परिवार नियोजन सेवा लिनेमा महिलाहरु भन्दा पुरुषहरु अधिक रहेको छ । यो अवधिमा पुरुषहरुले गर्ने भ्याक्सेटोमी सेवा ५७ जनाले लिएका छन् भने, महिलाहरुले गर्ने मिनिल्याप सेवा लिनेको सख्या १६ जनाको छ । महिलाहरुले गर्ने मिनिल्याप सेवा सुत्केरी गराउने बेलामा नै गर्ने गरिन्छ ।  यस्तै अस्थायी परिवार नियोजनको सेवा जस्तैः पिल्स, डिपो, कपरटी, इम्प्लान्ट राख्नेको सख्या १०८ रहेको छ । सवैभन्दा धेरै २८ जनाले स्थायी परिवार नियोजनको सेवा पौष महिनामा लिएको क्लिनिकका फोकल ब्यक्ति गोपाल पौडे्लले जानकारी दिनुभयो । "बिषेश गरि जाडोका महिनाहरु पौष र माघमा अन्य समयमा भन्दा बढिले स्थायी परिवार नियोजनको सेवा लिन्छन्," पौडे्लले भने, "हामीले पनि यि महिनाहरुमा अभियान नै चलाउछौ । " 


 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np