३४ करोडको लगानीमा भरतपुर अस्पतालको "सि व्लक" वन्ने ।

 

Bharatpur Hospital

 

भरतपुर अस्पतालको गूरुयोजना अन्र्तगत "सि व्लक" ३४ करोडको लगानीमा निर्माण हुने भएको छ । भरतपुर अस्पताल सञ्चालक समितीको पाचौ वैठकले अस्पतालको सि व्लक निर्माणका लागि आवश्यक ३४ करोड रकम स्वास्थ्य मन्त्रालयसँग माग गर्ने निर्णय गरेको छ । गूरुयोजना अन्र्तगत नै निर्माण हुने भवनमा आकस्मिक कक्ष, अत्याधुनिक ल्याव सहित सुविधा सम्पन्न प्रशासनिक कक्ष रहेछन् ।

२०, पौष, चितवन । 

भरतपुर अस्पतालको गूरुयोजना अन्र्तगत "सि व्लक" ३४ करोडको लगानीमा निर्माण हुने भएको छ । भरतपुर अस्पताल सञ्चालक समितीको पाचौ वैठकले अस्पतालको सि व्लक निर्माणका लागि आवश्यक ३४ करोड रकम स्वास्थ्य मन्त्रालयसँग माग गर्ने निर्णय गरेको छ ।  गूरुयोजना अन्र्तगत नै निर्माण हुने भवनमा आकस्मिक कक्ष, अत्याधुनिक ल्याव सहित सुविधा सम्पन्न प्रशासनिक कक्ष रहेछन् । भवन निर्माणका लागि आवश्यक रकम मन्त्रालयले दिने निश्चित जस्तै भएपछि सस्थागत निर्णय गरि मन्त्रालय पठाइने अस्पताल सञ्चालक समितीका अध्यक्ष विजय सुवेदीले जानकारी दिनुभयो । अध्यक्ष सुवेदीको अध्यक्षतामा आज आइतवार वसेको भरतपुर अस्पताल सञ्चालक समितीको बैठकले अस्पतालका लागि आवश्यक सवै उपकरणहरु उपलव्ध गराउन आगामी आर्थिक बर्ष २०७२÷०७३ को योजनामा पार्नका लागि मन्त्रालय मार्फत नेपाल सरकारलाई आग्रह गर्ने र त्यसका लागि विवरण पठाउने निर्णय वैठकले गरेको छ । भरतपुर अस्पताललाई देश कै नमुना अस्पतालका रुपमा बिकास गर्न नेपाल सरकारका पूर्व सचिव कृष्णहरि वास्कोटाको संयोजकत्वमा भरतपुर अस्पताल रणनीतिक योजना निर्माण समिती गठन गरिएको सञ्चालक समितीका अध्यक्ष विजय सुवेदीले जानकारी दिनुभयो । वैठकले भरतपुर अस्पतालमा ढल निकास, सोलिड वेस्ट म्यानेजमेन्ट, वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट,वायोग्यास सोलार इनर्जी, मिनरल वाटर, ग्रिनरी सहितको ग्रिन हस्पिटल प्रोजेक्ट वनाउन सम्वन्धित निकायसँग स्रोत जुटाउन प्रयत्न गर्ने निर्णय गरेको छ । अस्पतालका कानुनी सल्लाहाकार जगन्नाथ भण्डारीको संयोजकत्वमा अस्पताल सञ्चालन नियमावली समिती र  जिल्ला विकास समितीका लेखा अधिकृत विश्वराम कुँवरको संयोजकत्वमा लेखा समिती अस्पताल सञ्चालक समिती वैठकले गठन गरेको छ । 




 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np