भरतपुर अस्पतालमा अत्याधुनिक आइसियू सेवा शुरू ।

 

Bharatpur Hospital

 

२९, भाद्र, चितवन । चितवनको भरतपुर अस्पतालमा आजबाट २८ बेड क्षमतामा रहने गरी अत्याधुनिक आइसियु सेवा शुरू भएको छ ।

अस्पतालको ए ब्लक पुरा भएपछि अस्पतालको आइसियू क्षमता बिस्तार गरिएको हो । यसअघि ९ बेड क्षमताको मात्रै आइसियू सेवा अस्पतालले प्रदान गर्दै आएको थियो । “१० बेडको अत्याधुनिक सुविधा सहितको आइसियू आजबाट शरू भएको छ, १० बेडको इन्टरमिडियट आइसियू तत्काल सञ्चालनमा ल्याइने छ” अस्पतालका मेसु डा. रूद्रप्रसाद मरासिनीले भन्नुभयो ।

 अहिले २० बेड सञ्चालनमा आएपनि केही समयमा नै पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने अस्पतालले जनाएको छ । भरतपुर अस्पतालमा आइसियूको शैया संख्या कम हुँदा बिरामीहरू अन्य नीजि अस्पतालहरूमा महंगो शुल्क लिर्न बाध्य भएका थिए । 

“सरकारी अस्पतालमा नै यतिको ठुलो सख्यामा आइसियू सेवा सञ्चालनमा आएपछि गरीव, विपन्न र असाहयहरूले त पक्कै पनि लाभ उठाउने नै छन्,” अस्पताल बिकास समितिका अध्यक्ष बिजय सुवेदीले भन्नुभयो, “अन्य पैसा तिर्न सक्ने नागरिकहरूले पनि अस्पतालबाट अत्याधुनिक सेवा लिन सक्छन्।” अत्याधुनिक आइसियू सेवा आरम्भ भएर जनतालाई जीवन प्रतिको आशा अझै जगाएको अध्यक्ष सुवेदीको भनाई छ । 

२०६६ सालमा अस्पतालमा ७ बेडबाट आइसियू सेवा शरू गर्ने चिकित्सक डा. बिजय पौडेलले नेपालका सरकारी अस्पतालहरू मध्ये भरतपुर अस्पतालमा आइसियू सेवा उत्कृष्ट भएको दावी गर्नुभयो । “मैले नै भरतपुर अस्पतालमा पहिलोपटक आइसियू सेवा शुरू गरेको हो ” मेडिसिन विभागका प्रमुख समेत रहेका डा. पौडेलले भन्नुभयो, “सरकारी अस्पतालको सेवा प्रभावकारी बनाउन यसले थप मद्धत गरेको छ।”  

अस्पतालमा २० बेडको पोष्ट अपरेटिभ वार्ड शुरु । 

अस्पतालको ए ब्लक भवनमा ६ स्थानबाट एकैपटक अप्रेशन सेवा गर्न सक्ने गरी क्षमता बिस्तार भएपछि भरतपुर अस्पतालले २० बेड क्षमताको पोष्ट अपेरटिभ वार्ड स्थापना गरेको छ । सवै सुविधाहरू उपलब्ध हुने गरी नयाँ सेटअप सहित सेवा आरम्भ गरीएको अस्पतालका मेसु डा. मरासिनीले जानकारी दिनुभयो ।

 “भरतपुर अस्पतालको सेवा कुनै नीजि अस्पतालको भन्दा कम छैन्” मेसु डा. मरासिनीले भन्नुभयो, “सरकारी अस्पताल भनेर नाक खुम्चाउने दिनको अब अन्त्य भएको छ।” अस्पतालले मदन भण्डारी ट्रमा सेन्टर समेत स्थापना गरी सेवा दिन थालेको छ । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np