चितवनमा ७८ जनाले गरे आत्महत्या ।

 

Bharatpur Hospital

 

१३, माघ, चितवन । चितवनमा यो आर्थिक बर्षको माघसम्म ७८ जनाले आत्महत्या गरेका छन् ।

 जिल्ला प्रहरी कार्यालय चितवनले दिएको तथ्याङ अनुसार चालु आवको माघसम्म सवैभन्दा धेरै झुण्डिएर ४४ जनाले आत्महत्या गरेका छन् । ३२ जनाले बिषादी सेवन गरेर आत्महत्या गरेको पाइएको छ भने, करेन्ट लागेर १ र हाम फालेर १ जनाले ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक बर्षमा चितवनमा १२४ जनाले आत्महत्या गरेका थिए । गत आव भन्दा अघिल्लो आवमा १३६ जनाले आत्महत्या गरेको पाइएको छ । बिश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक ४० सेकेण्डमा १ जना आत्महत्या गरेर मर्ने गरेको पाइएको छ भने, १ जना मर्दा २० जनाले प्रयास गर्दछन् ।  हरेक बर्ष ८ लाख मानिसहरुले आत्महत्याका कारण ज्यान फालेका छन् । नेपाल लगायतका दक्षिण एसियाली मुलुकहरुमा भुण्डिएर र बिष सेवन गरेर मर्नेहरुको सख्या बढि हुने गरेको छ भने, अमेरीका लगायतका बिकसित देशहरुमा पेस्तोलले हानेर, गाडी ठोक्काएर तथा अन्य तरिकाबाट आत्महत्या गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा एसएसपी बसन्त कुवँरले समाजमा पछिल्लो समय हाइफाई बढ्दै गएको, सो अनुसारको देखासिकी वा आफ्नो गक्ष अनुसार जीवन स्तर टच गराउन नसक्दा आत्महत्याहरु हुन गरेको वताए । उनले घरेलु हिंसा, उच्च महत्वकाक्षा र मानसिक समस्या नै यसको कारण भएको वताए । 


आत्महत्याका २ कारण ः डा. सुनिल कुमार शाह, मानसिक रोग बिभाग प्रमुख, भरतपुर अस्पताल चितवन । 

भरतपुर अस्पतालका मनरोग विभागका विभागिय प्रमुख  डा. सुनिल कुमार शाहले योजना बनाएर र ब्यक्तिगत समस्या ( झोक ) का भरमा आत्महत्या हुने गरेको वताए । डा. शाहले भने, “मेरो समस्याको अव कुनै पनि समाधान छैन्, म हरेक रुपमा फेल भैसके, बाँचेर केही गर्नु छैन्, सवै उस्तै त हुन नि बाँचेर पो के भयो र ? भनेर हप्तौ, महिना, बर्षौ देखिको पालना गरेर आत्महत्या गर्ने एकाथरि छन् भने अर्कोथरि ब्यक्तिगत समस्या  अर्थात झोकको भरमा लह्डमा निर्णय गरिहाल्ने खालका हुन्छन् । 

कुनै पनि समस्या पर्दा टोरलेट गर्न नसक्दा तत्कालै निर्णय गरेर आत्महत्याको प्रयास गर्ने पनि छन् । एकपटक आत्महत्याको प्रयास गरेपछि पटक पटक उसले आत्महत्याको प्रयास गर्ने चिकित्सक डा. शाहले वताए । बंशाणुगत कारण पनि आत्महत्या हुने गर्दछ । परिवारका कुनै सदस्यले आत्महत्या गरेको छ भने, उसैको अर्को सदस्यले पनि केही समयको अन्तरालमा आत्महत्या गर्दछ ।  आत्महत्या गर्ने ब्यक्तिहरुको ढाँडबाट पानी निकालेर चेक गर्दा सेरोटोनिन् लेभल कम भएको देखिएको चिकित्सक डा. शाहले जानकारी दिए । सेरोटोनिन् भन्नाले न्युरोटान्र्समिटरको कमिको कारणले गर्दा खेरि नै यस्तो अवस्था आएको देखिएको छ मनोरोग बिषेशज्ञ डा. शाहले भने, “सेरोटोनिन् भन्ने हर्मोनले दिमाखी सन्तुलन अर्थाड मुडलाई नियन्त्रण गर्ने गर्दछ ” मनसिक रोगी प्रतिको समाजमा रहेको गलत धारणाका कारणले गर्दा पनि आत्महत्याका घटनाहरु बढेको देखिन्छ । डा. शाहले भने, “१०० जना मानसिक रोगीमा ९८ जनामा सामान्य मानसिक समस्या अर्थात नियन्त्रण गर्न सक्ने समस्या हुन्छ भने, २ देखि ५ प्रतिसम्ममा मात्रै कडा लक्षण देखिन्छ । ९८ प्रतिशतलाई समस्या भएको भएपनि बाहिर देखाउन चाहादैनन् । अरुले नराम्रो दृष्टिकोणबाट हेर्छन् भन्ने डर देखिन्छ, जुन आफैमा एक समस्या हो । ”



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np