भरतपुर अस्पताल आफैले फार्मेसी चलाउने

 

Bharatpur Hospital

 

१, साउन, चितवन । भरतपुर अस्पतालले आफैले फार्मेसी सेवा सञ्चालन गर्ने भएको छ । सरकारी अस्पताल सवैले अस्पतालमा आफैले फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने भन्दै सर्वोच्च अदालतले उत्पेशणको आदेश जारी गरेपछि स्वास्थ्य तथा जनसख्या मन्त्रालयको निर्देशनमा अस्पतालले फार्मेसी सेवा सञ्चालनको तयारी थालेको हो ।

 सर्वोच्चले गएको असार १३ गते चिकित्सा बिज्ञान राष्टिय प्रतिष्ठान सहित अन्य सवै सरकारी अस्पतालहरुका नाममा अस्पताल आफैले फार्मेसी सञ्चालन गर्नुपर्ने आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि स्वास्थ्य तथा जनसख्या मन्त्रालयको असार २९ गतेको मन्त्रिस्तरीय निर्णयले आफ्नै फार्मेसी सेवा सञ्चालन गराउन मुलुकका सवै अस्पतलालाई निर्देशन दिएको छ । भरतपुर अस्पतालले अस्पताल परिसरमा रहेको फार्मेसी सञ्चालनको टेण्डर गरिसकेको भएपनि सर्वोच्च र मन्त्रालयको आदेशपछि टेण्डर प्रकृया स्थगीत गरि आफैले फार्मेसी सञ्चालन गर्ने तयारी शुरु गरेको छ । राज मेडिकलका नाममा सञ्चालित फार्मेसीसँगको सम्झौता असार मसान्तमा सकिएको हो । मेडिकलले अस्पताललाई मासिक रु ६ लाख ५१३ रकम कर कट्टि सहित बुझाउदै आएको थियो ।  अस्पतालले मेडिकल सुपरिटेण्डेण्ट डा. माणिकलाल मानन्धरको नेतृत्वमा फार्मेसी सञ्चालनका लागि एक समिती पनि गठन गरेको छ । अस्पताल बिकास समितीको वुधवार वसेको बैठकले टेण्डर प्रकृया स्थगति गरि फार्मेसी आफैले सञ्चालन गर्नका लागि मानन्धरको नेतृत्वमा एक समिती गठन गरेको हो । जसमा डा. उन्नत श्रेष्ठ, हिरामान महर्जन, लिला पौडे्ल, सूर्यमणि कण्डेल र डा. सुनिल शाह रहेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. माणिकलाल मानन्धरले अस्पतालले मन्त्रालयको निर्देशन अनुरुप यथाघिश्र छिटो आफ्नै व्यवस्थापनमा फार्मेसी सञ्चालन गर्ने जानकारी दिए । “हामी युद्ध स्तरमा फार्मेसी सञ्चालनका लागि जुटेका छौं, केही दिन बिरामीहरुलाई समस्या हुन सक्छ त्यसका लागि साझा औषधी पसललाई तयारी अवस्थामा रहन भनेका छौ” डा. मानन्धर भने । अस्पताल बिकास समितीका अध्यक्ष विजय सुवेदीले सर्वोच्च र मन्त्रालयको आदेशलाई अनुरुप त्यसलाई कार्यान्वयन गराउन लागि परेको वताए । “अस्पतालको आफ्नै फार्मेसी हुदा बिरामीले गुणस्तरीय औषधी सहुलियत दरमा प्राप्त गरि उपचार सेवा सहज हुन्छ ” सुवेदीले भने –  “फार्मेसी अस्पतालको आफ्नै हुनुपर्दछ हामीले मन्त्रालय र सर्वोच्च अदालतको आदेश अनुरुप सुलभ दरमा गुणस्तरीय औषधी प्रदान गर्नेछौं ।  ”



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np