सेना दिवसका अबसरमा भरतपुर अस्पतालमा सरसफाई ।

 

Bharatpur Hospital

 

१२, फाल्गुण, चितवन । सेना दिवसमा अबसरमा दि फेमस दल भरतपुर व्यारेकका सेनाहरुले सहयोगमा भरतपुर अस्पतालमा आज सरसफाई गरिएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको उपस्थितीमा अस्पताल परिसरमा सरसफाई गरिएको हो । सो कार्यक्रममा सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दिपक थापा, भरतपुर उपमहानगरपालिका प्रमुख महेश वराल, भरतपुर अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारी, प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्त लगायत भरतपुर अस्पतालका कर्मचारीहरुको सहभागीता रहेको थियो । अस्पताललाई हरसमय सफा राख्नु पहिलो प्राथमिकता भएकोले सरकारी अस्पतालमा सरसफाई गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो ।

 सरसफाई कार्यक्रमका लागी आवश्यक लजिष्ट्रिक समानहरु अस्पतालले उपलब्ध गराएको कार्यक्रम संयोजक लक्ष्मीप्रसाद सुवेदीले जानकारी दिनुभयो। दि फेमस दल भरतपुर व्यारेकका झण्डै ६० जना नेपाली सेनाले अस्पतालको परिसरमा सरसफाईमा सहयोग गरेका थिए । नेपाली सेनाले हरेक बर्ष महाशिवरात्री पर्वका आफ्नो स्थापना दिवस मनाउदै आएको छ । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

ADDRESS

  • Address: Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    hospitalbharatpur@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056-520111

IMPORTANT LINKS