भरतपुर अस्पतालमा प्लासेन्टाबाट बायोग्यास ।

 

Bharatpur Hospital

 

६ साउन चितवन । चितवनको भरतपुर अस्पतालमा अस्पतालजन्य सड्ने फोहर व्यवस्थापनका लागि बायोग्यास प्लान्ट जडान गरिएको छ ।

 गर्भवती महिलाहरूलाई सुत्केरी गराउदा निकस्ने प्लासेन्टा र अन्य सड्ने फोहरबाट अस्पतालमा बायोग्याँस प्लान्ट जडान गरिएको हो । भरतपुर अस्पतालमा दैनिक औसत ४५ जना महिलाहरूले सुत्केरी सेवा लिदै आएका छन् । बायोग्याँस प्लान्टमा सुत्केरी गराउदाका सालनाल, बिभिन्न मानवजन्य अंगहरू, मासुका टुक्राहरू, अन्य सड्ने फोहरहरू सवै प्लान्ट भित्र राखिने छ । राष्ट्रिय गोवरग्याँस निर्माण तथा सेवा प्रालिले ४ लाख ९० हजार ९ सय ९० रुपैयाको लागतमा अस्पतालमा गोवरग्याँस प्लान्ट निर्माण गरेको छ । २५ घनमिटरको प्लान्ट निर्माणका लागि २ लाख ८७ हजार ५ सय अनुदान प्राप्त भएको थियो । यो प्लान्टमा निस्किएको ग्याँस अस्पतालको अप्रेशन कक्षमा पानी उमाल्न तथा अन्य उपकरणहरू निर्मलीकरण गर्नका लागि प्रयोग गरिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रूद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो । अस्पतालले मासिक १० हजार बरावरको एलपी ग्याँस अप्रेशन कक्षमा पानी उमाल्न र निर्मलीकरण गर्ने प्रयोजनका लागि खर्च गर्दै आएको छ । “बायोग्याँसबाट हाम्रो मासिक १५ हजार रकम एकातिर जोगिने छ भने अर्कोतिर सड्ने फोहरको दीर्घकालिन व्यवस्थापन हुनेछ,” मेसु डा. मरासिनीले भन्नुभयो, “फोहर अस्पतालमा दुर्गन्ध फैलिन पाउने छैन् भने, फोहरबाट मोहर पनि कमाउन सकिन्छ” । २५ घनमिटरको ग्याँस प्लान्टका लागि प्रति दिन डेढ क्वीन्टल फोहर आवश्यकता पर्ने बायोग्याँस निर्माण समितीका संयोजक इश्वरी खनालले जानकारी दिनुभयो । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np