भरतपुर अस्पताल रोड बिस्तारको काम शुरू ।

 

Bharatpur Hospital

 

१८,जेष्ठ चितवन । भरतपुर अस्पताल रोड बिस्तारको काम शुरू भएको छ ।

 मालपोतचोक देखि भरतपुर अस्पतालकोे मुलगेटसम्म सडक बिस्तार भएपनि त्यसअघि सडक बिस्तारको काम लामो समयदेखि रोकिदै आएकोमा बिभिन्न सरोकारवाला पक्षहरूको सहमतीमा सडक विस्तारको काम अघि बढेको हो । भरतपुर अस्पतालको मुलगेटबाट नारायणी उच्च मावि चोक हुदै नारायणी सामुदायिक अस्पताल पछाडीसम्म दायावाया दुवै तर्फ १४ मिटर फराकिलो सडक बनाउने काम आजबाट शुरू भएको हो। सडक बोर्ड नेपालको २३ लाख र भरतपुर उपमहानगरपालिकाको ३० प्रतिशत रकम खर्च गर्ने गरि सडक बिस्तारको काम थालिएको हो । भरतपुर अस्पताल अघिबाट ३ सय मिटर लामो सडक १४ मिटर फराकिलो बनाइने छ । 

सडक निर्माणको जिम्मा महेश कन्ष्ट्रक्सन प्रालिले पाएको छ । असार १५ गतेसम्म निर्माण कार्य पुरा गरिसक्ने गरि सम्झौता गरिएको छ । मूल सडक १४ मिटर फराकिलो हुने छ, ११ मिटरमा बेस, ९ मिटरसम्म ग्राभेल रहने छ भने, ७ मिटर पिच रहने महेशका प्रोपाइटर राज प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । सडक बिस्तार गर्ने क्रममा आज भरतपुर अस्पतालको पार्किङको पर्खाल, नारायणी मावि, नारायणी सामुदायिक अस्पताल, जिल्ला कृषि बिकास कार्यालय, सहकारी डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय तर्फको पर्खाल जेसिवी लगाएर भत्काइएको छ । सडक बिस्तार भएपछि भरतपुर अस्पतालसम्म बिरामी ल्याउन र लैजान सुविधा हुने छ । मालपोतचोकदेखि भरतपुर अस्पताल गेटसम्म १४ मिटर फराकिलो पिच यसअघि नै निर्माण गरिसकिएको छ । “हामीले पहिल्यैबाट यो सडक बिस्तारका लागि पहल थालिरहेका थियौ, तर सवै सरकारी निकायहरु नै दुवै तर्फ पर्ने भएकोले निर्णय गर्न कठिन भएको थियो,” भरतपुर अस्पतालका अध्यक्ष बिजय सुवेदीले भन्नुभयो, “ तर सवै सरोकारवालाहरुको निरन्तर छलफल पछि यो सम्भव हुने भयो ।”



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np