भरतपुर अस्पतालको ओपिडी टिकटको समय अवधि बढाइयो ।

 

 

३०, चैत्र, चितवन । भरतपुर अस्पतालले ओपिडी टिकटको समय बृद्धि गरेको छ । आज वसेको भरतपुर अस्पताल सञ्चालक समितीको बैठकले बिरामीहरुको चापलाई मध्यनजगर गरि ओडिपी सेवाको समय बिस्तार गर्ने निर्णय गरेको हो ।

 अस्पतालमा १ घण्टा ओपीडी टिकटको  समय वढाइएको अध्यक्ष विजय सुवेदीले जानकारी दिनुभयो । यसअघि अस्पतालमा विहान ८.३० बजेदेखि ११.३० बजेसम्म ओपीडी टिकटको समय रहेकोमा सो समयलाई विस्तार गरि विहान ८ बजेदेखि १२ बजेसम्म ओपिडी सेवा खुल्ला गर्ने गरि निर्णय गरिएको सुवेदीको भनाई छ । भरतपुर अस्पतालमा विरामीहरुको चाप पनि अत्याधिक हुन थाल्यो अध्यक्ष सुवेदीले भन्नुभयो, अझै गर्मी मौसम शुरु भएका कारणले विरामीहरुको भिड अझै बढ्न सक्ने र बिरामीहरु सेवा नलिई फर्कनुपर्ने अवस्था देखिन गएकोले हामीले समय वढाएको हौ । भरतपुर अस्पतालमा दैनिक ७ सयसम्म ओपिडीमा विरामहरु आउने गरेका छन् । ओपिडी सेवाको लाइनलाई छोटो र छरितो गराउनका लागि प्रविधिगत सुधार पनि छिट्टै थालिने सुवेदीले जानकारी दिनुभयो । यसैवीच, भरतपुर अस्पतालको ओपिडि सेवा सरकारले निर्धारण गरेको १३ दिन र शनिवार वाहेक अन्य सवै सार्वजनिक विदाका दिन खुल्ने भएको छ । अस्पताल सञ्चालक समितिको बैठकले दशै, तिहार सहितका मुख्य १३ दिन र शनिवार बाहेक अन्य सवै सार्वजनिक बिदाका दिन अस्पतालको ओपिडी सहितका सवै सेवा खुल्ला गर्ने निर्णय गरेको हो । बैठकले १३ दिन सार्वजनिक विदा कुन कुन दिनमा दिने भन्ने पनि टुग्गो लगाएको छ । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np