भरतपुर अस्पतालमा थालेसिमियाका ५२ विरामीले नियमित निःशूल्क उपचार लिदै ।

 

Bharatpur Hospital

 

०६, असार, चितवन । भरतपुर अस्पतालमा थालेसिमियाका ५२ जना विरामीहरूले निःशूल्क उपचार लिदै आएका छन् ।

भरतपुर अस्पताल विकास समितीले आफैले खर्च व्यहोर्ने गरि निशुल्क रूपमा उपचारको प्रवन्ध गर्दै आएको छ । थालेसिमियाका विरामीहरू १५÷१५ दिनमा उपचारका लागि आउने गर्दछन् । अस्पतालले प्रति पोका ८५० पर्ने रगत महिनामा २ पोकाका दरले उपलब्ध गराउदै आएको सामाजिक सेवाका प्रमुख नारायण सापकोटाले जानकारी दिनुभयो । “नियमित रूपमा उपचार गराउन आर्थिक रूपमा निकै समस्या पर्ने भएकोले अस्पतालले नै खर्च व्यहोर्ने गरि निशुल्क जाँच र रगतको व्यवस्था गरिएको छ” सामाजिक सेवा प्रमुख सापकोटाले भन्नुभयोे, “थालेसिमिया सोसाइटीको परिचय पत्रका आधारमा उनीहरूलाई सेवा प्रदान गरिन्छ ।” बिरामीहरूलाई औषधी पनि निःशूल्क रूपमा नै वितरण गरिएको छ ।  सामाजिक सेवामा हरेक बिरामीहरूको कोडि∙ गरिएको छ । नयाँ विरामीहरू थपिएमा नयाँ कोड दिने गरिएको सापकोटाले जानकारी दिनुभयो ।  अस्पतालले थालेसिमियाका विरामीहरूलाई चढाएको रगतको पैसा ब्लक बैंक भरतपुरलाई दिने गरेको छ । “बार्षिक रुपमा करिव ५ लाख रकम खर्च हुन्छ” अस्पतालका  लेखापाल कृष्ण उपाध्यायले जानकारी दिनुभयो । 

अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. रूद्रप्रसाद मरासिनीले अस्पतालको आफ्नो स्रोत मात्रै प्रयाप्त नभएकोले अन्य सरकारी निकायबाट समेत थालेसिमियाका बिरामीहरूको उपचारका लागि सहयोग भए सेवा प्रवाहमा अझै सजिलो हुने वताउनुभयो । “बोनम्यारो ट्रान्सप्लान्ट यस रोगको अन्तिम उपचारको बिकल्प हो, मेसु डा. मरासिनीले भन्नुभयो, “तर उक्त सेवा नेपालमा नै उपलब्ध नभएको र बिरामीहरुलाई बिदेशमा गएर ट्रान्सप्लान्ट गर्न महंगो भएकोले बैकल्पिक रूपमा मासिक रगत हाल्नुपर्ने अवस्थाा छ ।” अस्पतालमा १ बर्षको वच्चा देखि ४५ बर्ष उमेरसम्मका थालेसिमियाका विरामीहरूले उपचार लिदै आएका छन् । जसमा महिला १६ जना र पुरुष  ३६ जना छन् । जसमा बालवालिकाहरू ४३ जना छन् । चितवनका ३५ जना, नवलपरासीका १२ जना, बाराका २ जना, गोरखा, सर्लाही, बर्दियाका १÷१ जनाले उपचार सुविधा लिएका छन् । नियमित रूपमा उपचार गराउदै आएका थालेसिमियिाका विरामी मध्ये ३० जना थारू जातिका व्यक्तिहरू छन् । “थारू जातिमा बढि मात्रामा थालेसिमिया र सिकलसेल एनिमिया हुने गरेको पाइन्छ” भरतपुर अस्पताल फिजिसियन डा. भोजराज अधिकारीले भन्नुभयो, “हेमोग्लोविन बनाउने क्रोमोजोममा हुने गड्वडी जेनेटिक कारणबाट हुने भएकोले यस्तो समस्या आएको हो ।” 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np