भरतपुर अस्पतालका नवनियुक्त मेसुको स्वागत ।

 

Bharatpur Hospital

 

०८, जेष्ठ, चितवन । भरतपुर अस्पताल बिकास समिती कर्मचारी युनियनले अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेण्डेन्ट डा. माणिकलाल मानन्धरलाई एक कार्यक्रमका वीच स्वागत गरेको छ ।

आज शुक्रवार भरतपुर अस्पताल परिसरमा भएको स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त मेडिकल सुपरिटेण्डेण्ट डा. माणिललाल मानन्धरले आफु कुरामा भन्दा काममा विश्वास गर्ने व्यक्ति भएको भन्र्दै सोही अनुसार बुझिदिन कर्मचारीहरुलाई आग्रह गरे । उनले आफ्नो अनूभव क्षमता र दक्षता अस्पतालको बिकास प्रकृयामा लगाउने अठोट गरे । डा. मानन्धरले भरतपुर अस्पताललाई सुधार गर्दै सेवा प्रवाहलाई चुस्त बनाउन आफुले सक्दो भूमिका खेल्ने बताए । कार्यक्रममा बोल्दै भरतपुर अस्पतलाका अध्यक्ष विजय सुवेदीले भरतपुर अस्पतालमा कसैलाई पनि काखा पाखा नगरि सवैलाई समान प्रकारको व्यवहार गरिने भन्र्दै कर्मचारीहरुलाई अस्पतालको बिकास प्रकृयाका साथ दिन आग्रह गरे । उनले भरतपुर अस्पताल प्रति जनताको भरासो रहेको भन्दै सेवा प्रवाह चुस्त हुनुपर्ने वताए । सो अवसरमा भरतपुर अस्पतालकी मेट्रोन मिरा अधिकारी, डा रुद्र मरासिनी, हिरामान महर्जन लगायतले बोलेका थिए । कार्यक्रम अस्पताल बिकास समिती कर्मचारी युनियनका अध्यक्ष इश्वरी खनालको अध्यक्षतामा भएको थियो । 


 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np