भरतपुर अस्पतालको गरीव तथा विपन्न नागरिक उपचार राहात कोषमा ५१ हजार प्रदान ।

 

Bharatpur Hospital

 

२४, कार्तिक, चितवन । चितवनको भरतपुर अस्पतालमा रहेको गरिब तथा विपन्न नागरिक उपचार कोषमा आर्थिक सहयोग थपिएको छ । गरिब तथा विपन्न वर्गका व्यक्तिहरुको उपचारमा सहायता गर्नका लागि अस्पतालले उक्त कोष सञ्चालनमा ल्याएको थियो ।

 चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले बुधबार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्र प्रसाद मरासीनीलाई ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । प्रवासमा रहेका नेपालीहरुले संकलन गरेको रकमलाई गरिब तथा विपन्न विरामीहरुको उपचारको लागि खर्च होस् आफूहरुले रकम सहयोग गरेको समितिका अध्यक्ष मुक्ति प्रसाद अधिकारीले बताए । कार्यक्रममा रकम बुझ्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्रप्रसाद मरासीनीले बिरामीको उपचारका लागि आएको पैसा सदुपयोग हुनेमा शंका व्यक्त नगर्न आग्रह गरे । 

बिरामीको उपचारको लागि सहयोग आएको रकम पारदर्शी ढंगबाट खर्च गरिने उल्लेख गर्दै डाक्टर मरासीनीले रकमलाई पारदर्शी बनाउन आर्थिक सहयोग गर्ने व्यक्ति र आर्थिक सहायता पाउने व्यक्तिको सम्पूर्ण विवरण वेब साइटमा राख्ने तयारी भएको बताए । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np