भरतपुर अस्पताललाई केन्द्रिय रिफरल अस्पतलको मान्यता दिन माग ।

 

 

२०, चैत्र, चितवन । भरतपुर अस्पताल सञ्चालक समितिको आज बसेको बैठकले भरतपुर अस्पताललाई केन्द्रिय रिफरल अस्पतालको मान्यता दिन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

भरतपुर अस्पताल सञ्चालक समितीका अध्यक्ष विजय सुवेदीको अध्यक्षतामा बसेको बैठकले बिभिन्न मापदण्ड तथा सूचकहरुले भरतपुर अस्पताललाई केन्द्रिय रिफरल अस्पतालको आबश्यकता वोध गराएकोले केन्द्रिय रिफरल अस्पतालको मान्यता दिन सरकारसँग माग गर्ने र त्यसका लागि आवश्यक प्रकृया अघि बढाउने निर्णय गरेको हो । सरकारसँग केन्द्रिय रिफरल अस्पतालको मान्यता दिई सो अनुसारकै सेवा सुविधा उपलब्ध गराउन आवश्यक पहल थाल्ने निर्णय गरीएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।  बैठकले भरतपुर अस्पतालको ५२ औ बार्षिक उत्सवका अवसरमा चैत्र २३ गते जिल्लाका अन्य अस्पतालहरुसँग अन्र्तक्रिया गर्ने र २४ गते भरतपुर अस्पतालका सम्भावना र भबिश्यका वारेमा विचार गोष्ठि गर्ने र २५ गते मूल समारोह सहित खेलकुद कार्यक्रम, फलफूल वितरण, रक्तदान गर्ने कार्यक्रम तय गरिएको छ । सोही दिन हरियाली भरतपुर अस्पताल कार्यक्रमको शुभारम्भ पनि गरिने अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । यस्तै अस्पतालले तय गरेका बिभिन्न ५ कार्यक्रमका लागि बैठकले संयोजक पनि तोकेको छ । 

जसमा पूर्वाधार बिकास निर्माण संयोजकमा स्थानिय बिकास अधिकारी भरतमणि पाण्डे, हरियाली भरतपुर अस्पताल कार्यक्रम संयोजकमा भरतपुर उपमहानगरपालिका कार्यकारी प्रमुख नारायण सापकोटा, शैक्षिक कार्यक्रम संयोजकमा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बिजय पौडे्ल, आन्तरीक सुशासन कार्यक्रम संयोजकमा हरिप्रसाद न्यौपाने, दक्ष र गुणस्तरीय सेवा प्रवाह कार्यक्रम संयोजक तथा प्रवक्तामा डा. प्रकाश खतिवडा, अस्पतालको पब्लिक रिलेसन संयोजकमा डा. भोजराज अधिकारी, अस्पतालमा गरिने मेडिलक रिर्सच सम्वन्धि कार्यक्रमको संयोजकमा डा. मणि गौत्तम चयन हुनुभएको छ । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np