भरतपुर अस्पतालको “सि” ब्लकको डिजाइन तयार हुदै ।

 

 

२२ बैशाख, चितवन । भरतपुर अस्पतालको महत्वकाक्षी “सि” व्लक निर्माणका लागि “ड्रोइङ डिजाइन” गर्ने प्रारम्भिक काम सकिएको छ ।

 डिजाइनको जिम्मा पाएको एनट आर्किटेक्चर एण्ड आक्टिेक्स कम्पनीले डिजाइन तयार गरि भरतपुर अस्पतालमा आज त्यसको प्रस्तुती गरेको छ । कम्पनीका प्रमुख कार्यकारी दामोदर न्यौपानेले भरतपुर अस्पतालले निर्माण गर्न लागेको “सि” व्लकको प्रारम्भिक चरणको ३ तले भवनको नक्सा डिजाइन प्रस्तुत गरेका थिए । कार्यक्रममा भरतपुर अस्पतालका विभागिय प्रमुखहरु सहित अस्पताल सञ्चालक समितिका अध्यक्ष विजय सुवेदी, भरतपुर नगरपालिका पूर्व इन्जिनियर भोजराज कौड्ेल समेतको उपस्थितीमा नया वन्ने भवनको नक्सा, त्यहाँ रहने कोठा, सेवा सुविधा, आपतकालिन निकास लगायतका वारेमा न्यौपानेले आफ्नो प्रस्तुती दिएका छन् । करिव ३४ करोडको लगानीमा निर्माण हुने सि व्लक भवन अत्याधुनिक हुने छ । भवनको तल्लो भूई तलामा परिक्षण गरिनुपर्ने सवै विभागहरु र सेवा सुविधा उपलब्ध हुने व्यवस्था गर्ने गरि डिजाइन गरीएको छ । भवनले ४ हजार ४ सय ३३ स्क्वायर मिटर जमिन ओट्ने छ । यस तलामा सिटि क्यान, एमआरआई, ल्याव, हिस्टोप्याथोलोजी, एक्सरे,ल्याव, इसिजि, इको, इन्कोशकोपी, कोलोनोस्कोपी, सिस्टोसकोपी, ब्रोङकोसकोपी लगायतका सेवा सुविधा उपलब्ध हुने छन् भने, दोस्रो तलामा सर्जिकल, न्यूरो र कार्डियोलोजी विभागहरु रहने छ । ए ब्लकको पहिलो तलामा अप्रेशन थ्रिएटर सहित आइसियू सेवा हुने भएकोले, सि व्ललको पहिलो तलामा पनि अप्रेसनसँग जोडिने सेवा राखिने अस्पताल सञ्चालक समितीका अध्यक्ष विजय सुवेदीले जानकारी दिनुभयो । भवनको तेस्रो तलामा डाइलासिस सम्वन्धि कामहरु हुने छन् । व्लक ए, व्लक वि र व्लक सि लाई र्यामले जोडिने छ । ड्रोइङ डिजाइनको जिम्मा पाएको ए नट कम्पनीले ट्रिटमेन्ट प्लान्स सहितको कुल लागत रकम समेत निकालेर अस्पताललाई दिने छ । “आज हामीले अस्पतालका डाक्टर सावहरु तथा अन्य व्यक्तित्वहरुसँग प्रारम्भिक चरणको छलफल ग¥यौ । अव अझै २ चरणमा सुझाव सहित छलफल हुन्छ इन्जिनियर आर्चायले भन्नुभयो, — जेष्ठ मसान्त भित्र सवै काम सकिने छ । एनटले गएको चैत्र २६ गते ड्रोइङ डिजाइनका लागि अनुमति पाएको थियो । यसको नियमित अनुगमन शहरी बिकास तथा भवन निर्माण विभाग डिजिभन कार्यालय चितवनले गरिरहेको छ । यसै आर्थिक बर्ष भित्र निर्माण पुरा गर्ने गरि कार्य अघि बढाइएको अस्पतालका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np