अस्पतालको सेवा प्रवाहका बारेमा भष्ट्राचार बिरुद्धको अभियानको चासो ।

 

Bharatpur Hospital

 

१५, असोज, चितवन । भष्ट्राचार बिरुद्धको अभियान नेपाल चितवनले भरतपर सरकारी अस्पतालको सेवा प्रवाह, पारदर्शीता र गरिव तथा बिपन्न बिरामीहरुको उपचारका बारेमा चासो राखेको छ ।

भरतपुर अस्पतालको परिसरमा भरतपुर अस्पताल बिकास समिती अध्यक्ष बिजय सुबेदी र मेडिकल सुपरिटेण्डेण्ड डा. केशवराज भुर्तेलसँग अभियानका सदस्य तथा पदाधिकारीहरुले अस्पतालको सेवा प्रवाहका बारेमा छलफल गरेका थिए । छलफलमा भरतपुर अस्पतालका मेसु डा. भुर्तेलले अस्पतालको सेवा प्रवाहमा ठुलो गुनासो नभएपनि कर्मचारी, चिकित्सक तथा नर्सहरुले बिरामी तथा उनीहरुका आफन्त प्रति गर्नुपर्ने व्यवहारमा परिवर्तन आवश्यक रहेको वताउनुभयो। उहाँले अस्पतालको आबश्यक भौतिक संरचनाको अभावमा बिरामीहरुको उपचार सेवामा समस्या भएको स्वीकार गर्दै निकट भबिश्यमा नै थप १२० शैया सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारीले समेत अस्पतालको सेवा सुधार गर्न ७ बुदे निर्देशन दिएको भन्दै डा. भुर्तेलले, सवैको साथ र सहयोगमा अस्पतालको तमाम समस्याहरुको हल गरिने बताउनुभयो। अस्पतालका अध्यक्ष बिजय सुवेदीले भरतपुर अस्पताल गरिव जनताको सेवा लिने स्थानका रुपमा परिचित रहेको भन्दै, सेवालाई सहज बनाउन अस्पतालले आवश्यक कदम चाल्ने वताउनुभयो । उहाँले अस्पतालको सेवा प्रवाह, चिकित्सीय सेवा, सामाजिक सेवाबाट प्राप्त हुने सेवा आदि बिषयमा सवै नागरिकहरुले थाहा पाउने गरि सार्वजनिक जानकारी गराउने प्रयत्नमा लागेको जानकारी दिनुभयो । अभियानका पदाधिकारी तथा सदस्यहरुलाई भरतपुर अस्पताल समाजिक सेवा इकाई प्रमुख नारायण सापकोटा अस्पतालले गरिव तथा बिपन्न, असहाय महिलाहरुलाई प्रदान गरेको निशुःल्क उपचार सेवाका बिषयमा जानकारी गराउनुभएको थियो ।  छलफलमा सहभागी अभियानका सदस्यहरुले अस्पतालले प्रदान गर्ने सेवा लिन कहाँ कसरी लिने, कसरी सम्र्पक गर्ने, के कति रकममा सेवा प्रदान छ भन्ने जानकारीमूलक सूचना पार्टिहरु सवैले देख्ने गरि राख्न अस्पताल प्रशासनलाई सुझाव दिए । छलफलमा अभियानका अध्यक्ष भिम बहादुर श्रेष्ठ, सचिव निलकण्ठ ढुङगना लगायतको उपस्थिती रहेको थियो । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np