भरतपुर अस्पतालमा स्वस्थानीको साङ्गे ।

 

 

भरतपुर अस्पतालको जेराएटिक वार्डका वृद्धवृद्धाहरुलाई पौष २५ गतेबाट सुनाइएको स्वास्थनी कथाको मंगलवार साङ्गे गरियो । उपचारसँगै वृद्धवृद्धाहरुको धार्मिक आस्था बढि हुने भएकोले अस्पतालमा भर्ना भएका वृद्धवृद्धाहरुलाई स्वस्थानी व्रतकथा सुनाइएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्टेन्ड डा. केशवराज भुर्तेलले जानकारी दिए ।

 भरतपुर अस्पतालले सञ्चालन गरेको १० वेड क्षमताको जेराएटिक वार्डमा भर्ना भएका बिरामीहरुलाई कार्यरत नर्सहरुले हरेक दिन बिहान साँढे ८ बजे स्वस्थानी व्रत कथा सुनाउदै आएका थिए। स्वास्थानी शुरु हुदा वृद्धबृद्धाहरु हातमा फूल लिएर हात जोडि कथा श्रवण गर्दथे भने, हरेक दिन कथा श्रवण गरेपछि वृद्धबृद्धाहरुलाई प्रसाद समेत दिने गरिएको थियो । मंगलवार सवै प्रकृयाहरु पुराएर पुरोहित नै बोलाएर श्रीस्वस्थानीको समाप्ती गरिएको वार्डकी इन्र्चाज कमला रेग्मीले जानकारी दिइन् । स्वस्थानी साङे पछि वृद्धबृद्धाहरुलाई टिका लगाएर प्रसाद पनि वितरण गरिएको थियो । “स्वस्थानीको महिना भएको र वृद्धबृद्धाहरुमा धेरै धार्मिक आस्था हुने भएकाले उनीहरुको रुची अनुसार स्वास्थानी सुनाएका हौ, यसमा वृद्ध बा आमा पनि निकै खुसी र उत्साहित हुनु भयो” कक्षकी इन्र्चाज कमला रेग्मीले भनिन्,— “आगामी बर्ष पनि हामीले यसलाई निरन्तरता दिन्छौ ।” श्रीस्वस्थानीको कथा श्रवण गरेपछि वृद्धवृद्धाहरुले आफ्नो रोग समेत केही समय भुल्ने गरेको वताए । अस्पतालका मेसु डा. भुर्तेलले स्वस्थानी कथा श्रवण गरेपछि वृद्धबृद्धाहरुले आफुमा भएको पिडा पनि केही भुल्ने गरेको उनीहरुको दिमाग पनि केही डाइर्भट हुने भएकोले स्वस्थानी व्रत कथा प्रभावनकारी भएको वताए । जेराइटिक वार्डमा भर्ना भएकाका बृद्धबृद्धाहरुले  अस्पतालमा नै श्रीस्वस्थानी माताको कथा सुन्न पाएकोमा खुसी व्यक्त गरे, उनीहरुले कथा सुनाउने सवैलाई धन्यवाद समेत दिए । अहिले कक्षमा ५ जना वृद्ध र ३ जना वृद्धा गरि ८ जना भर्ना भएर उपचार लिइरहेका छन् । राजधानी वाहिर भरतपुर अस्पतालमा मात्र वृद्धबृद्धा उपचार कक्ष रहेको छ। 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np