अब त बाँचे....

 

Bharatpur Hospital

 

१५, बैशाख, चितवन । रोल्पा सिउँरीकी दिउकला घर्तीलाई अव भने बाँच्ने आशा पलाएको छ ।

भरतपुर अस्पतालमा झण्डै २१ दिनको उपचार पछि निको भएर घर फर्किन लागेकी दिउकलालाई गत सोमवार अस्पतालबाट डिस्र्चाज गरिएको थियो । घर फिर्नु अघि उनले आफुलाई निको भएको भन्दै खुसी प्रकट गरिन् । सुत्केरी हुदाँ निकै जटिलता आएपछि चैत्र २० गते उनी श्रीमान निम बहादुर घर्ति र आमाका साथमा भरतपुर अस्पताल उपचारका लागि आएकी थिइन् । चैत्र ९ गते घरमा नै व्यथा लागेपछि उनी स्थानिय सामुदायिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगिन्, उनलाई एक रात त्यही राखियो तर बच्चा जन्मन सकेन् । त्यसपछि उनलाई सुलिचौर हेल्थपोष्टमा पु¥याइयो । त्यहाँ पनि सम्भव नभएपछि प्युठान जिल्ला अस्पताल बिजुवारमा गएको चैत्र ११ गते अप्रेशन गरेर उनको वच्चा निकालियो । वच्चा त निकालियो तर मृत । मृत वच्चा निकालेपछि उनको पाठेघरमा संक्रमण हुन थाल्यो। लगाएको टाका पाक्न थाल्यो । चिकित्सकहरुले प्युठानमा उपचार सम्भव नभएको वताएपछि उनलाई लुम्वीनी अञ्चल अस्पतालमा ल्याइयो, चैत्र २० गते । लुम्वीनी अञ्चल अस्पतालले दिउकलाको अवस्था नाजुक भएको र घाउको संक्रमण ज्यादै फैलिइसकेको कारणले वचाउन नसक्ने वताउदै भरतपुर अस्पताल रिफर ग¥यो । चैत्र २० गते भरतपुर अस्पतालमा बिहान साँढे ११ बजे उनीहरु आएका थिए । अस्पताल आउदाँ कोठा नै गन्हाउने अवस्था थियो, घाउ पुरै पाकेर पिप वगेको अवस्था थियो स्त्री तथा प्रसुती रोग विभागकी एक नर्सले वताइन् । 


 “जोखिम उठाएर नै अप्रेशन गरे ” ः सुनिलमणि पोख्रेल विभागिय प्रमुख ।


विरामीको अवस्था देख्दा अप्रेशन गर्ने कि नगर्ने दोधारमा थिए । गाँउ पुरै पाकेको थियो, सवै चेकजाँच गर्दा पाठेघर नै फाल्नुपर्ने अवस्था देखियो । पाठेघर भरि नै संक्रमण भएर आन्द्रामा समेत त्यसको असर पुगिसकेको थियो । त्यसलाई फिजालय भनिन्छ । टाँका फुस्किएर आन्द्राहरु नै बाहिर निस्कने अवस्था थियो । साथै ज्वरो पनि १०२÷ १०३ सम्म आएको थियो । जतिसुकै एन्टिवायोटिक दिएपनि ज्वरो घटेन् । रगत पनि निकै कम थियो । परिवारसँग सल्लाह गरयौं, अव उहाँको पाठेघर निकालेर फाल्नुपर्दछ अन्यथा उहाँलाई वचाउन सकिदैन् । परिवारको सल्लाहमा ज्वरोकै वीच पनि अप्रेशन गर्ने निर्णय भयो । २ पोका रगत हालेर निकै जोमिखपूर्ण अप्रेशन भयो । रगतमा समेत किटाणुहरु फैलिन थालेका थिए ।  अप्रेशन गर्दा पाठेघर नै पुरै संक्रमण भएर कुहिने अवस्थामा पुगेको थियो । त्यसलाई निकालेर फालियो र सवै वासआउट गरियो ।  अप्रेशन सफल पनि भयो । अप्रेशन पछि ३ दिन आइसियुमा राखियो । धेरै लामो समयसम्म व्यथा लागेको र पानीको मात्रा कम हुदै गएकोले वच्चाको मृत्यु भएको हुनुपर्दछ । लामो समयसम्म व्यथा लाग्नु र अप्रेशन गर्दा पसेको संक्रमणका कारणले पाठेघर कुहिएको हुनुपर्दछ । केही दिन ढिला अस्पतालमा आएको भए उहाँलाई वचाउन सकिन्थेन् । उहाँको पिसाव थैली पनि फुटेको छ । बढि प्रसव पिडा र निकै लामोसम्म सूत्केरी गराउन समय लागेकोले यस्तो भएको हो । अहिले पिसाव चुहिने समस्या छ तर अहिल्यै नै अर्को अप्रेशन गर्न मिल्दैन् । मैले ३ महिना पछि भेट्न आउनु भनेको छु । 


दिउँकला र निमको प्रेम विवाह ः 


रोल्पा सिउँरी २ घोगाहका २३ बर्षका निम बहादुर घर्ति र सोही ठाँउकी २१ बर्षिय दिउकलाको २०६७ सालमा प्रेम विवाह भएको थियो । निमले ८ कक्षा पढेका छन् भने, दिउकला सामान्य साक्षर मात्रै । उनीहरुको यसअघिको पहिलो वच्चा पनि ३ महिनामा नै खेर गएको थियो । यसपटकको दोस्रो वच्चा हो । अव देउकलाले तेस्रो वच्चा पाउन सक्दिनन् भन्ने कुरा निमलाई पनि थाहा छ । अव श्रीमतीले वच्चा पाउन नसक्ने भएपछि दुःख दिने हो कि छाड्ने पो होकी भन्ने जिज्ञासामा निम भन्छन्, “मलाई यो बिषयमा जानकारी छ, यदि यस्तो सोच्थे भने, त्यही दिनमा भाग्थे ।” पारिवारीक स्वास्थ्यका वारेमा जानकारी नहुदा यस्तो समस्या आयो निमले थपे । 


उपचारमा ७० हजार खर्च ः 


दिउँकलाको उपचारमा अस्पताल वसेर झण्डै ७० हजार खर्च भएको वताए । भरतपुर अस्पतालले अस्पतालमा भएका औषधी र अप्रेशन निशुल्क गरेको वताएको छ । अस्पतालमा उपलब्ध नभएका औषधीहरु मात्र निमले बाहिरबाट किनेका थिए । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np