भरतपुर अस्पतालमा निःशुल्क सेवा लिने बिरामीको संख्या ६६.१ प्रतिशतले बृद्धि

 

Bharatpur Hospital

 

२६, साउन, चितवन । चितवनको सवैभन्दा ठूलो सरकारी अस्पतालमा भरतपुर अस्पतालमा निःशूल्क सेवा लिने बिरामीको संख्या ६६.१ प्रतिशतले बृद्धि भएको छ ।

अघिल्लो आर्थिक बर्षको भन्दा गत आ.ब. मा निःशूल्क तथा आधा शुल्क मात्रै दिएर उपचार गराउनेको संख्या ६६.१ बृद्धि भएको हो। अस्पतालको सामाजिक सेवा इकाईले दिएको जानकारी अनुसार अस्पतालमा ६ हजार ३ सय ६५ जना बिरामीले निःशूल्क सेवा लिएका छन् । त्यसमा २ हजार ९ सय २५ पुरूष र ३ हजार ४ सय ४० महिला छन् । अघिल्लो आर्थिक भूकम्प पीडित सहित जम्मा ३ हजार ८ सय ३२ जनाले निःशूल्क सेवा लिएका थिए । गत आर्थिक वर्षमा गरीव र अति गरीव ३ हजार ४ सय ६३ जना र जेष्ठ नागरिक २ हजार ३ सय ९० जनाले निःशूल्क सेवा लिएको सामाजिक सेवाका प्रमुख नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो । यस्तैं लै∙िक हिंसा पीडित १२ जनाले निःशूल्क सेवा लिएका छन् । हरेक वर्ष निःशूल्क तथा आधा शुल्क मात्रै तिरेर उपचार गराउनको संख्या बढेसगैं अस्पतालको आर्थिक दायित्व पनि वृद्धि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. रूद्रप्रसाद मरासिनीको भनाई छ। अघिल्लो आर्थिक वर्षमा अस्पतालमा सामाजिक सेवा इकाई मार्फत रू ७४ लाख १८ हजार ६२ बराबरको निःशूल्क उपचार प्रदान गरिएको छ। गत आर्थिक वर्षमा १ करोड १ लाख १५ हजार ६३ रुपैया खर्च भएको छ । आर्थिक वर्ष २०७२÷७३ मा नेपाल सरकारको ६७ लाख र अस्पताल बिकास समितीको ३४ लाख बरावरको रकम निःशूल्क उपचारका लागि खर्च गरिएको मेसु डा. मरासिनीले जानकारी दिनुभयो । अस्पतालमा गत आर्थिक वर्ष १ हजार १ सय ९१ जना चेपाङ, ७६ जना वोटे, ४४ जना माझी, ६ जना मुसहरले निशुल्क उपचार लिएका छन् । यि जातजातिहरूलाई अस्पताल बिकास समिती आफैले खर्च व्यहोर्ने गरेको अध्यक्ष बिजय सुवेदीले जानकारी दिनुभयो । 

भरतपुर अस्पतालमा गरिव, विपन्न तथा सिमान्तकृत समुदायहरुले निशुल्क सेवा लिन आउदा नेपाल सरकारले जारी गरेको परिचय पत्र वा नागरिकताको प्रमाणपत्र वा अन्य कुनै परिचय पत्र वा स्थानिय निकायको सिफारिस लिएर आउनुपर्ने व्यवस्था गरिएको छ । असाह्यका लागि प्रहरीको सहयोग वा अन्य कुनै सामाजिक सस्था वा व्यक्तिको सहयोगमा आएकाहरुलाई निशूल्क उपचार गरिने व्यवस्था छ । यस्तै, अपा∙हरूका लागि  महिला विकास शाखाले जारी गरेको परिचय पत्र, जेष्ठ नागरिकहरूले  सामाजिक सुरक्षा भत्ता लिएको परिचयपत्र लिएर आउनुपर्ने व्यवस्था गरिएको छ । साथै लै∙िक हिंसामा परेका महिला, पुरूष वा वालवालिका र स्वंय सेविका महिलाहरूलाई पनि अस्पतालमा आंशिक तथा पूर्ण छुट हुने व्यवस्था छ । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np