भरतपुर अस्पतालमा एनआसियू खोल्ने तयारी ।

 

 

२, असार चितवन । चितवनको भरतपुर अस्पतालमा १० वेड क्षमताको एनआइसियू राख्ने तयारी थालिएको छ । भरतपुर अस्पतालको "बि"ब्लकमा रहेको वच्चा वार्डसँगै एनआइसियू सञ्चालनको तयारी थालिएको भरतपुर अस्पताल वच्चा विभागका विभागिय प्रमुख डा.नारायण बहादुर थापाले जानकारी दिनुभयो

 "भरतपुर अस्पताल मध्य क्षेत्र कै सुरक्षित सुत्केरी गराउने केन्द्र भएपनि एनआइसियू नहुदा समस्या हुदै आएको छ" थापाले भन्नुभयो, "अवको केही महिना भित्रै अस्पतालमा नवजात शिशुका लागि एनआईसियू सेवा सञ्चालनमा आउछ ।" त्यसका लागि ९ जना स्टार्फ नर्स र ५ मेडिकल मेडिकल अफिसरको आवश्यकता देखिन्छ । यस्तै अस्पतालको अक्सिजनको सेन्टर सप्लाई पनि जोड्नुपर्ने हुन्छ । एनआसियू सेवा सञ्चालनका लागि आवश्यक न्यूनेटल वार्मर वेड ८ बटा अस्पतालमा आइसकेको डा.थापाले जानकारी दिनुभयो । स्वास्थ्य सेवा विभागले भरतपुर अस्पतालका लागि न्यूनेटल वार्मर वेड निशुल्क प्रदान गरेको हो । अस्पतालले एनआसियू सेवाका लागि आवश्यक पर्ने २ बटा भेन्टिलेटर मध्ये एउटा खरिदका लागि टेण्डर समेत गरिसकेको विभागीय प्रमुख डा.नारायण बहादुर थापाले जानकारी दिनुभयो । बाकि १ भेन्टिलेटर र ४ बटा सिप्याप मेसिनका लागि पनि छिटटै प्रकृया अघि वढाउने तयारी भएको छ । भेन्टिलेटरका लागि करिव २४ लाख रुपैया खर्च हुन्छ भने एउटा सिप्यापका लागि ५ लाख लाग्ने अनुमान छ । 

धेरै कम तौल भएका, जन्मिदा निस्सासिएर जन्मिएका साथै सिकिस्त नवजात शिशु जो आफै सास फेर्न सक्दैनन् गाहो हुन्छ उनीहरुलाई एनआसियूमा राखिन्छ डा. थापाले भन्नुभयो ।   जति समान छ त्यसवाट शुरु गर्दै जान वाल स्वास्थ्य महाशाखाबाट पनि निर्देशन आएको डा.थापाको भनाई छ ।  एनआइसियू सेवा सञ्चालनका लागि आबश्यक जनशक्तिलाई मेसिन अपरेट गर्न तालिम आवश्यक पर्ने भएकोले सम्वन्धित कर्मचारीहरुलाई तालिमका लागि पठाउने भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. माणिकलाल मानन्धरले जानकारी दिनुभयो । 


 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np