भरतपुर अस्पतालको एनआइसियूलाई अत्यावश्यक सामाग्रीहरु हस्तान्तरण ।

 

Bharatpur Hospital

 

११, असोज, चितवन । भरतपुर अस्पतालमा सञ्चालनमा आएको एनआसियू सेवाका लागि इटालीमा रहेको एमिसि डेला नियोनाटोलोजिया ट्रेनटिना र टोरन्टो राज्य सरकारले उपलब्ध गराएका अत्यावश्यक उपकरण सहितका समाग्रीहरु अस्पताललाई हस्तान्तरण गरेको छ ।

 अस्पतालमा आज आयोजित एक कार्यक्रमका वीच एएनटि प्रोजेक्टका म्यानेजर कार्लोसले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीलाई अत्यावश्यक उपकरण र समाग्रीहरू हस्तान्तरण गर्नुभएको हो । सो सँस्था र टोरन्टो सरकारले एनआइसियु सेवाका लागि आवश्यक श्वासप्रश्वास सहज गराउने सि प्याप मेशिन २ थान, वार्मर २ थान, सक्सन पम्प २ थान, जण्डिस भएका शिशुको उपचारमा अत्यावश्यक फोटोथेरासी मेशिन ४ थान, वेवि क्यारी ४ थान लगायत अन्य अत्यावश्यक समाग्रीहरू हस्तान्तरण गरीएको हो ।

 हस्तान्तरण कार्यक्रममा बोल्दै भरतपुर अस्पतालका मेसु डा. मरासिनीले भरतपुर अस्पताल गरीव जनताको उपचार गर्ने थलो भएको भन्र्दै सेवा बिस्तार र स्तोरोन्तीमा अस्पताल लागेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि अस्पताललाई यस्ता सहयोगहरु जारी राख्न अनुरोध गर्नुभयो । 

सामाग्री हस्तान्तरण कार्यक्रममा दाता सँस्थाका कार्यक्रम म्यानेजर कार्लोसले आफुहरुले पहिलोपटक भरतपुर अस्पताललाई उपचार उपकरण हस्तान्तरण गरेको भन्दै आगामी दिनमा पनि सहकार्यमा रहने वताउनुभयो । अस्पतालको एनआइसियु सेवाका लागि अत्यावश्यक उपकरणको भित्राउन चितवन भण्डारा–५ का शिवराज उप्रेती र पोखराका कुशल थापाले बिषेश भूमिका खेल्नुभएको थियो । 

करिव २१ लाख मुल्य बरावरको सामान अस्पतालको एनआइसियु सेवाका लागि हस्तान्तरण गरिएको रोटरी क्लव अफ रत्ननगरका रोट्रीयन शिवराज उप्रेतीले जानकारी दिनुभयो । भियतनामबाट ल्याइएको उपकरण तथा सामाग्रीहरू चितवनसम्म ल्याउन लागेको करिव २ लाख रुपैया ढुवानी खर्च रोटरी क्वल अफ रत्ननगर र रोट्याक्ट क्वल अफ रत्ननगरले ब्यहोरेका थिए । 

हस्तान्तरण कार्यक्रममा बोल्दै रोटरी क्वल अफ रत्ननगरका पुर्व अध्यक्ष जगन्नाथ अधिकारीले भरतपुर अस्पतालका लागि आगामी दिनमा पनि यस्तै खालका सहयोगहरू जुटाउन आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले भरतपुर अस्पताल जनताको साझा अस्पताल भएको भन्दै यसका लागि रोटरी क्वल सदैव सहयोग प्रतिवद्ध रहेको वताउनुभयो । कार्यक्रममा भरतपुर अस्पतालका निवर्तमान अध्यक्ष बिजय सुवेदी, एनआइसियु विभागका प्रमुख डा. नारायणबहादुर थापा, स्टोर शाखा प्रमुख लिलाधर पौडे्ल लगायतको उपस्थिती रहेको थियो । 

यसअघि इटालीको चिकित्सक र चिकित्सक सहितको टोलीले भरतपुर अस्पतालको एनआइसियु सेवाका नर्स र चिकित्सकहरुलाई तालिम पनि दिएको थियो । भरतपुर अस्पतालमा अत्याधुनिक सुविधा सहितको १२ बेडको एनआइसियु सेवा सञ्चालनमा रहदै आएको छ । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np