मुख्य सचिव पौडे्लद्धारा भरतपुर अस्पतालको निरीक्षण ।

 

 

नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडे्लले आज भरतपुर अस्पतालको निरिक्षण गरि अस्पतालको सेवालाई प्रभावकारी वनाउन निर्देशन दिनुभएको छ ।

विभिन्न कार्यक्रममा  सहभागी हुन चितवन आउनु भएका मुख्य सचिव पौडे्लले गएको फाल्गुण २१ गते भरतपुर अस्पतालको ओपिडी सेवा बन्द भएको प्रति पनि चासो लिनु भएको थियो । "अस्पतालको कुनै पनि सेवा वन्द गरिनु नागरिक माथिको धोका हो, यो वा त्यो वहानामा अस्पतालको सेवा वन्द गरिनु हुदैन् "मुख्य सचिव पौडे्लले भन्नुभयो, -"सरकारी अस्पताल नमुना वनाउन सकियो भने, जनताको जीवन प्रतिको विश्वास पनि वढ्छ । "अस्पतालमा रोगसँग लड्न सक्ने क्षमता कम भएका विरामीहरु उपचारका लागि आउने भएकोले अस्पतालको सरसफाईमा विषेश ध्यान दिन समेत पौड्ेलले निर्देशन दिनुभएको छ । 

मुख्य सचिव पौड्ेललाई भरतपुर अस्पतालका अध्यक्ष विजय सुवेदी र निमित्त मेडिकल सुपरिटेण्डन्ट डा. प्रकाश खतिवडालले अस्पतालको ओपिडी भवन, निर्माणधिन ए व्लक एंव गुरुयोजना अन्र्तगत वन्न लागेको सि व्लक क्षेत्रको अवलोकन भ्रमण गराउनु भएको थियो । मुख्य सचिव पौडे्ेलले भरतपुर अस्पतालको पार्किङ गेट अगाडी धुलाम्य भएको १ सय मिटर सडक पिच गर्न भरतपुर उपमहानगरपालिका कार्यकारी अधिकृत नारायण प्रसाद सापकोटालाई निर्देशन पनि दिनुभयो । मुख्य सचिव पौड्ेलले अहिलेसम्म भएका काम प्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा भरतपुर अस्पताललाई सक्दो सहयोग गर्ने र तत्कालै सि व्लक वनाउन आवश्यक सहयोगको व्यवस्था मिलाउने आश्वासन समेत दिनुभएको छ । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np