भरतपुर अस्पतालमा विना अप्रेशन इआरसिपी प्रविधीद्धारा पथ्थरीको उपचार शुरू ।

 

Bharatpur Hospital

 

१४, असोज, चितवन । चितवनको भरतपुर अस्पतालमा आज शुक्रवारबाट बिना अप्रेशन पित्त नलीमा रहेको पथ्थरीको उपचार इआरसिपी मेशिनद्धारा गर्न थालिएको छ ।

राजधानी बाहिर धुलिखेल बाहेक चितवनको भरतपुर अस्पतालमा यो सेवा शुरु भएको हो । यो प्रविधिद्धारा पित्तनलीमा रहेको ढुङ्गा निकाल्ने, पित्त नलिको जाँच गर्ने, पथ्थरीको ट्युमर परजीवि हेर्ने, नली साधुरो भएको भए जाँच गरी स्टाण्ड राख्ने काम गरीने अस्पतालका सर्जन डा. श्याम श्रेष्ठले जानकारी दिनुभयो । भरतपुर अस्पतालमा आज आयोजित एक कार्यक्रममा बीच यो सेवाको शुभारम्भ गरिएको छ ।

 धुलिखेल अस्पतालका बरिष्ठ चिकित्सकद्धय राम गुरुङ्ग र विवेक पूर्वे तथा भरतपुर अस्पतालका सर्जन डा. आषिश पुनले अप्रेशन थ्रिएटरमा गरेको बिरामीको उपचार लाइभ भिडियो मार्फत सभाहलमा देखाइएको थियो । सभा हलमा रहेका क्यान्सर अस्पतालका बरिष्ठ सर्जन डा. बिनय ठाकुर र भरतपुर अस्पतालका डा. सुरेश प्रधानले उपचाररत चिकित्सकहरूसँग कम्युनिकेशन गरेका थिए । आज शुक्रवार २ जना बिरामीहरुको पित्तनलीमा रहेको पथ्थरी मुखवाट पाइप राखेर निकालिएको थियो । भरतपुर अस्पतालले ४२ लाख रुपैयाको लागतमा यो मेशिन भित्राएको हो । उपचार पद्धतीमा यसलाई बिशिष्टकृत सेवा भित्र राखिएको छ । 

क्यान्सर अस्पतालका बरिष्ठ सर्जन डा. विनय ठाकुरले पित्त नलीको क्यान्सर भएर साँघुरो भएको, अप्रेशन गर्न नमिल्ने, पत्थरी र जण्डिस भएका बिरामीहरूमा स्टाण्ड राख्नका लागि यो उपचार सेवा निकै प्रभावकारी भएको बताउनुभयो । नेपालको विर अस्पताल, टिचिड्ड अस्पताल र धुलिखेल अस्पतालमा मात्रै रहेको यो सेवा अब भरतपुर अस्पतालमा पनि शुरू भएको छ । “यो उपचार पद्धती निकै भरपर्दो र प्रभावकारी छ”भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. रुद्रप्रसाद मरासिनीले भन्नुभयो, “बिरामीलाई अप्रेशन गर्नुपर्ने, घाउ पाक्ने, ढिलो निको हुने, रकम र समय दुवै खर्च हुने अवस्थाको अन्त्य इआरसिपी उपचार पद्धतीबाट हुन्छ ।” भरतपुर अस्पतालले यो प्रविधीद्धारा मात्रै ९ हजार रुपैयामा सेवा दिने भएको छ । 

चितवनका अन्य कुनै पनि नीजि अस्पताल वा मेडिकल कलेजहरुमा यो सेवा उपलब्ध छैन् । बाहिरका अस्पतालमा उपचार गराउदा ५० हजार रूपैयासम्म खर्च हुन्छ । भरतपुर अस्पतालको सर्जरी विभाग र मेडिसिन विभाग मिलेर सेवा दिने मेसु डा. मरासिनीले जानकारी दिनुभयो ।

 अस्पतालले सर्जरी विभागका डा. आशिष पुन र केही नर्सहरूलाई इरासिपी उपचार प्रविधीका बारेमा तालिमका लागि समेत पठाएको थियो । भरतपुर अस्पतालका निवर्तमान अध्यक्ष विजय सुवेदीले भरतपुर अस्पतालबाट बिशिष्टकृत सेवा आरम्भ भएको भन्र्दै यसबाट गरी,विपन्न, असाहयहरूले पनि लाभ उठाउन सक्ने वताउनुभयो । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np