Bharatpur Hospital

PCL NURSING

 

स्वास्थ्य सेवालाई शिक्षा र अनुसन्धानसँग पनि सगसगै जोड्ने उदेश्यले भरतपुर अस्पतालमा प्रविणता प्रमाणपत्र तह नर्सिङ  कार्यक्रम आर्थिक बर्ष २०७०/०७१ बाट शुरु गरिएको हो ।

 ४० जना विद्यार्थीहरु भर्ना लिएर पढाउदै आइएको छ । प्राविधिक शिक्षा तथा ब्यवसायिक शिक्षा परिषदबाट सम्वन्धन लिई विद्यार्थी भर्ना कोटा निर्धारण गरिएको छ । जसमा बर्गिकृत छात्रवृति ३ जनालाई, भरतपुर अस्पतालमा कार्यरत कर्मचारी वा नभएमा कर्मचारीका सन्तती १ जना, सरकारी विद्यालयबाट अध्ययन गरेका विद्यार्थी १४ जना, नीजि तथा अन्य विद्यालयबाट अध्ययन गरेका १३ जना, संघसस्था प्रायोजित  ५ जना, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् कर्मचारी कोटा १ जना, दुर्गम क्षेत्रकोटा २ जना र अनमी कोटाबाट १ जना विद्यार्थी भर्ना गर्ने व्यवस्था छ । यि मध्ये उत्कृष्ट अंक ल्याउने विद्यार्थी मध्ये एक जनालाई सर्वोत्कृष्ट छात्रवृत्ति दिने व्यवस्था हरेक वर्ष गरिएको छ । 

विद्यार्थीहरुले पहिलो बर्ष १ लाख २६ हजार ९ सय ६० रकम तिर्नुपर्दछ भने, दोस्रो बर्ष १ लाख १७ हजार ७ सय ७० र तेस्रो बर्ष ९३ हजार ७ सय ७० रकम बुझाउनुपर्ने हुन्छ । ३ बर्षे प्रविणता प्रमाणपत्र तह नसिङ उर्तिण गर्दा विद्यार्थीहरुको ३ लाख ३२ हजार ५ सय रुपैया खर्च हुनेछ । मासिक १५ सय रुपैयामा अस्पतालले सञ्चालन गरेको होस्टल फि अलग्गै लाग्ने छ 

भरतपुर अस्पतालमा मासिक करिव १५ हजार बिरामीहरु उपचारका लागि आउने गर्दछन् । विद्यार्थीहरुलाई राम्रो एक्सपोजरको समेत व्यवस्था भरतपुर अस्पतालमा हुन्छ । साथै शूल्क समेत अन्यत्र भन्दा निकै सस्तोमा पढ्न पाउने व्यवस्था गरिएको छ । 


 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np