MADAN BHANDARI TRAUMA CENTRE

MADAN BHANDARI TRAUMA CENTRE

 

पूर्वपश्चिम राजमार्गको निकै लामो भूभाग चितवन र नवलपरासी सहितका जिल्लामा पर्ने र यो क्षेत्र नेपालकै मध्य भूभाग समेत भएकाले यहाँ सवारी दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि ल्याउने गरिन्छ । 

यसका लागि सरकारको लगानीमा अत्याधुनिक ट्रमा सेन्टर स्थापना गर्ने लक्ष्य अनुरुप सरकारले भरतपुर अस्पतालमा मदन भण्डारी ट्रमा सेन्टर खोल्ने निर्णय गरेको थियो । चितवनको दासढुंगामा सवारी दुर्घटनामा परेर ज्यान गुमाएमा नेता मदन भण्डारीको स्मृतीमा यो सेन्टर खोल्ने सरकारले निर्णय गरे अनुरुप ५१ बेड क्षमताको ट्रमा सेन्टर सञ्चालनमा आएको छ । भरतपुर अस्पतालमा नेपाल सरकारले आर्थिक बर्ष २०७२/०७३ को नीति तथा कार्यक्रम अन्र्तगत मदन भण्डारी ट्रमा सेन्टर खोल्ने निर्णय गरेको थियो । सोही कार्यक्रम अन्र्तगत भरतपुर अस्पतालको ए ब्लकमा मदन भण्डारी ट्रमा सेन्टर खोलिएको छ । तराईको पूर्व पश्चिम राजमार्गको ठुलो भूभाग चितवन सहित नवलपरासी जिल्लामा पर्ने र यस क्षेत्रमा भएका दुर्घटनाका घाइतेहरु ल्याउनुपर्ने अवस्था भएको कारणले भरतपुर अस्पतालमा ट्रमा सेन्टरको आवश्यकता निकै रहेको थियो । सरकारले स्वास्थ्य मन्त्रालय मार्फत बजेट व्यवस्था गरि ट्रमा सेन्टरलाई व्यवस्थित गर्दै जाने नीति तय गरेको छ । 


 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np