बिकट स्थानका चेपाङ देखि नदि किनारामा बस्ने माझिहरुसम्मको उपचार भरतपुर अस्पतालमा हुदै आएको छ । गरिव जनताहरुको उपचार हुने बिषेश अस्पतालका रुपमा भरतपुर अस्पताल रहेको छ । चितवन जिल्लालाई मेडिकल सिटिका रुपमा आजको अवस्थासम्म बिकास गराउन भरतपुर अस्पताल प्रेरणाको मूल स्रोत हो । यहाँको भौगोलिक अवस्थीति, यहाँको चेतनाको स्तर, पूर्वाधारको बिकास आदी आदि कारणहरु सहयोगी वनेका छन् मेडिकल सिटीका बन्नका लागि । राजा महेन्द्रका पालामा बनेको पूर्वपश्चिम महेन्द्र राजमार्गको लामो सडकखण्ड यहि चितवन र यसका आसपासका जिल्लाहरुमा हुनु, पूर्व तथा पश्चिमका जिल्लाहरुबाट राजधानी प्रवेशको मुख्य मार्ग यहि चितवन हुनु र शहरीकरण तिव्र रूपमा अघि बढ्नुका कारणले पनि चितवन एक चहलपहल हुने जिल्लाका रूपमा केन्द्रित छ ।
यतिबेला भरतपुर अस्पताललाई देशकै नमूना अस्पताल वनाउने तयारी भैरहेको सन्र्दभमा सवैको ध्यान भरतपुर अस्पताल तर्फ केन्द्रित बनिरहेको पाइन्छ । अर्को तर्फ गरिव, अशक्त, असहाय, निमूखा, राज्यको मूलप्रवाहवाट बहिष्करणमा परेका समुदायहरुको निशुल्क उपचार हुने केन्द्र पनि भरतपुर अस्पताल नै भएका कारणले यस अस्पताल प्रति जनताको अपार माया र सद्रभाव अनि चासो पनि उत्ति कै छ । सवैलाई लागेको छ भरतपुर अस्पताल बनाउनु पर्दछ बनाउदै पर्दछ । यसको सेवा प्रभावकारी हुनु नै पर्दछ । चितवनका स्थानिय जनता, राजनैतिक पार्टि, नागरिक समाज, बुद्धिजीवि, आम नागरिक मात्र होइन् सरकार तथा उसका विभिन्न निकायहरुले पनि भरतपुर अस्पतालको विकास र सम्वृद्धिका लागि चासो लिइरहेका छन् । भरतपुर अस्पताललाई देशभरि कै सरकारी अस्पतालहरुमा नमूना अस्पताल वनाउने र यसैको बिकासको ढाँचाका आधारमा अन्य सरकारी निकायहरुलाई पनि बिकास गर्दै लैजाने सोच सरकारको देखिन्छ । अस्पताल भित्रका सवै चिकित्कस, कर्मचारी, नर्स देखि लिएर जिल्लाका सवै राजनैतिक पार्टि, नागरिक समाज, बुद्धिजीवि, पत्रकार, कानुन व्यवसायी, उधोगी सवैको साथ र माया ममतामा भरतपुर अस्पताललाई देशकै नमुना अस्पताल वनाउने सपना साकार पारौं । अस्पताल भित्र मैले आफुले सकेको जति योगदान दिने र अस्पताललाई केही नया स्वरूपमा लैजाने अठोट लिएर कसम खाएर नै म यस अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेण्ट भएर आएको हुँ । सवै कर्मचारीहरुलाई समान व्यवहार गर्ने, क्षमताका आधारमा उचित जिम्मेवारी दिने, पुरस्कार र दण्डको व्यवस्था गर्ने, विधी र पद्धतीको विकास गर्दै अस्पताललाई प्रविधिमैत्रि वनाउने काम मेरो कार्यकालमा हुने छन् । यहाँहरू सवैको सकारात्मक सहयोगको अपेक्षा लिएको छु ।