भरतपुर अस्पतालले चितवन र यस वरपरका १२ जिल्लाका करीब ५० लाख नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा पु¥याउदै आएको छ । ५१ प्रतिशत नागरिकको वसोवास रहेको तराईको वीच भाग, वाक्लो जनघनत्व भएको मध्य तथा पश्चिम नेपालको पहाडी भागसँग समिप तथा नेपाल कै केन्द्र भागमा रहेको भरतपुर मुलुकका सवैजसो भागसँग यातायातले जोडिएको छ । भरतपुर अस्पतालले आफ्नो ३१ विगाहा जमिनमा व्यवस्थित पूर्वाधार निर्माण गरि नेपाल कै एक नमुना केन्द्रिय अस्पतालको रुपमा विकास गर्न सकिने सम्भावना वोकेको छ ।
भरतपुर अस्पतालको निर्माणाधिन ए, वि र सी ब्लक भवन पुरा गरि डी ब्लक भवन निर्माण शुरुवात गर्दै गुरुयोजनालाई पुरा गर्नु , सिटि स्क्यान तथा एमआरआई जडान कार्य सम्पन्न गरि क्याथल्याव खरिद पर्क्रिया सुरु गरिसकेको छ । साथै अन्य उपकरणहरु जडान गरि सवै प्रकारका सेवाहरुलाई प्रभावकारी वनाउनु, ढल, फोहरमैला आदीको बैज्ञानिक व्यवस्थापन गरि सफा भरतपुर अस्पताल बनाउनु हाम्रो तत्कालको कार्यभार हो । अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा बिकास गर्न तथा भविश्यमा अस्पतालको सम्भावनाको आकंलन गरि रणनैतिक योजना वनाई आम नागरिकको लागि गुणस्तरीय सेवा प्रदान गर्दै भरपर्दो अस्पतालको रुपमा बिकास गर्न भरतपुर अस्पताल विकास समिती लागि सकेको छ ।
मानवसेवा भावनाले ओतप्रोत दक्ष जनशक्ति, सजिलोसँग सेवा लिन सकिने सुरक्षित भवन, अत्याधुनिक प्रविधीवाट निर्मित औजार एवं उपकरणहरु, सवै प्रकारका रोगहरुको उपचार गरिने सफा, सहज, सुलभ, सुन्दर, विरामी मैत्रि गुणस्तरीय सेवायुक्त भरतपुर अस्पताल वनाउन यहाँहरु सवैको सहयोगको अपेक्षा गर्दछु ।