अस्पतालको गुरुयोजना अन्तर्गत निर्माण गरिएका A, B, C Block, Overhead Water Tank, Emergency, OPD, Laundry तथा Oxygen Plant भवनहरू निर्माण सम्पन्न भई सफलतापूर्वक सेवा सञ्चालनमा आएका छन् । आधुनिक पूर्वाधार विस्तारसँगै अस्पतालले विशेषज्ञ स्वास्थ्य सेवा, आकस्मिक उपचार, प्रयोगशाला तथा अक्सिजन उत्पादन सेवामा उल्लेखनीय सुधार गरेको छ । यसले अस्पताललाई थप व्यवस्थित, सुविधासम्पन्न र बिरामीमैत्री स्वास्थ्य संस्था बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ
