हेमोडायलाइसिस सेवा मिर्गौलासम्बन्धी दीर्घ रोगीहरूका लागि जीवनरक्षक उपचार सेवा हो। यस सेवामार्फत रगतबाट विषाक्त पदार्थ तथा अतिरिक्त पानी हटाइन्छ। भरतपुर अस्पतालमा आधुनिक उपकरण र दक्ष स्वास्थ्यकर्मीमार्फत नियमित रूपमा हेमोडायलाइसिस सेवा प्रदान गरिन्छ। बिरामीको अवस्था अनुसार आवश्यक सेसनहरू निर्धारण गरी उपचार गरिन्छ। यस सेवाले बिरामीको जीवनस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्दछ।