अस्पतालको आकस्मिक सेवा अत्याधुनिक, गुणस्तरीय तथा सेवा-सुविधा सम्पन्न हुनुपर्दछ। अस्पतालप्रति सेवाग्राहीको पहिलो धारणा प्रायः आकस्मिक कक्षबाट नै निर्माण हुने भएकाले यस सेवाको विशेष महत्व रहेको छ। छिटो, सुरक्षित र प्रभावकारी उपचार प्रदान गर्नु अस्पतालको प्रमुख दायित्व हो। दक्ष जनशक्ति, आधुनिक उपकरण तथा व्यवस्थित व्यवस्थापनमार्फत आकस्मिक सेवालाई थप सुदृढ बनाइनेछ। यस सेवाको निरन्तर सुधार र प्रभावकारी सञ्चालन अस्पतालको मुख्य उद्देश्य हो।