• रेडियोलोजि विभाग (Radiology Department)
  • बिरामीहरूको शारीरिक अवस्थाको निदान र उपचारका लागि आधुनिक उपकरण र प्रविधिहरूको प्रयोग गर्ने।
  • शरीरभित्रका संरचनाहरूको अध्ययन गर्न विभिन्न प्रकारका इमेजिङ्ग प्रविधि प्रदान गर्ने।
  • Diagnostic Imaging Services :एक्स-रे (X-Ray), अल्ट्रासाउन्ड (Ultrasound), सीटी स्क्यान (CT Scan), एमआरआई (MRI) सेवा प्रदान गर्ने।
  • इन्टरभेन्सनल रेडियोलोजी सेवा प्रदान गर्ने।
  • चिकित्सकहरूसँग परामर्श गरी बिरामीको सही निदानमा सहयोग गर्ने, इमेजिङ्ग रिपोर्टहरूको व्याख्या गरी थप उपचारको सिफारिस गर्ने र विशेषज्ञ परामर्श सेवा प्रदान गर्ने।
  • रोगको प्रारम्भिक अवस्था पत्ता लगाउन शरीरको विभिन्न भागहरूको नियमित स्क्यान, रेडियोलोजी सेवाहरूको महत्त्व र सही उपयोगबारे जानकारी दिने, मेडिकल विद्यार्थीहरू र स्वास्थ्यकर्मीहरूलाई रेडियोलोजी प्रविधि सम्बन्धी तालिम गर्ने।
  • अत्याधुनिक प्रविधि र उपकरणहरू बाट बिरामीको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै न्यूनतम विकिरण प्रवाह सुनिश्चित गर्ने।