आर्थिक प्रशासन शाखा
Powered by
riri one
आर्थिक प्रशासन शाखा
- अस्पतालको वित्तीय व्यवस्थापन, बजेट निर्माण र खर्चको पारदर्शितालाई सुनिश्चित गर्ने।
- बजेट निर्माण, खर्चको निगरानी र व्यवस्थापन गर्ने।
- अस्पतालको दैनिक आर्थिक गतिविधिहरूको सञ्चालन गर्ने।
- आर्थिक प्रतिवेदन तयार गर्ने र सम्बन्धित निकायमा पेश गर्ने।
- अस्पतालको कोष व्यवस्थापन र सरकारी अनुदानको उपयोग गर्ने।
- लेखापरिक्षण गराई बेरुजुको लगत राख्ने, सम्परिक्षण गर्ने गराउने ।
- कार्यालय प्रमुख समक्ष लेखा सम्बन्धमा आवश्यक राय दिने।
- खर्च खाताहरुको संचालन र आर्थिक श्रेस्ता‚ नयाँ अभिलेख व्यवस्थापन गर्ने/गराउने।
- अनुदान, राजश्व, धरौटी, संचित कोषको संचालन‚ अभिलेख र खाता संचालन गर्ने।
- निकासा माग गर्ने।
- सम्बन्धित निकायमा प्रतिवेदन गर्ने।
- SUTRA, CGass लगाएतका software संचालन गर्ने।
- आर्थिक नियमको पूर्ण पालना गरी लेखा राख्ने।
- विभिन्न नगदी रसिद, आम्दानी सम्बधि रसिदहरु, आम्दानीको अभिलेख र नियन्त्रण गर्ने/गराउने ।
- मासिक‚ चौमासिक र वार्षिक आय विवरण तथा आर्थिक विवरणहरु गरि पेश गर्ने/गराउने ।
- आम्दानी सम्बन्धि मासिक‚ चौमासिक तथा वार्षिक प्रगति प्रतिवेदन तयार गरि पेश गर्ने/गराउने।