प्रशासन शाखा
प्रशासन शाखा
- अस्पतालको सबै सेवा र गतिविधिलाई व्यवस्थापन गर्ने।
- कर्मचारीको नियुक्ति, तालिम, मूल्याङ्कन र प्रोत्साहन सम्बन्धी मानव संसाधन व्यवस्थापन गर्ने।
- अस्पतालको सेवा मापदण्ड निर्माण र अनुगमन गर्ने।
- अस्पतालका सबै विभाग र शाखाबीच समन्वय र सहकार्य सुनिश्चित गर्ने।
- बिरामी र सेवाग्राहीको गुनासोको समाधान तथा व्यवस्थापन गर्ने।
- सरकारी निकाय, निजी क्षेत्र र समुदायसँग संवाद र सूचना प्रवाह गरी सम्बन्ध स्थापना गर्ने।
- कर्मचारीहरुको व्यक्तिगत विवरण‚ विदा तथा अन्य रेकर्डको अद्यावधिक गर्ने ।
- कार्यालयको प्याड‚ छाप र हाजिरीको सुरक्षित प्रयोग गर्ने।
- विभिन्न वैठकहरुको उपयुक्त व्यवस्थापन र निर्णय पुस्तिकाको सुरक्षा गर्ने।
- सिफारिससँग सम्बन्धित कार्यहरुको यथासक्य छिटो सम्पादन र कागजातहरुको अभिलेख व्यवस्थित गर्ने।
- सेवाको व्यवस्थापन सम्बन्धि नीति‚ मापदण्ड‚ सेवा शर्त‚ योजना‚ कार्यान्वयन र नियमन।
- अस्पतालको संगठन विकास‚ सङ्गठन संरचना तथा दरबन्दी निर्धारण‚ जनशक्ति व्यवस्थापन र वृत्ति विकास।
- सेवाको व्यवस्थापनमा सूचना तथा संचार प्रविधिको उपयोग‚ प्रवर्द्धन र नियमन।
- मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा तथा क्षमता विकास।
- आवश्यक कर्मचारीहरुको दरबन्दी सृजना र व्यवस्थापन सम्बन्धि कार्य गर्ने।
- स्वीकृत दरबन्दी अनुसार नयाँ नियुक्ति तथा बढुवा सम्बन्धि सूचनाहरु व्यवस्थित रुपमा राख्ने।
- कर्मचारीको कार्यविवरण तयार र आवश्यकता अनुसार नियमित रुपमा परिमार्जन समेत गरि अद्यावधिक राख्ने।
- आवश्यकता अनुसार निर्देशन बमोजिम कर्मचारीलाइ खटाउने कार्य तोक्ने।
- सेवा करार/ज्यालादारी र अन्य कर्मचारीको म्याद थप सम्बन्धमा समयमै जानकारी गराउने।
- प्रशासनलाई चुस्त‚ दुरुस्त र प्रभावकारी बनाई छिटो‚ छरितो एवं सर्वुलभ रुपमा सेवा तथा कार्यसम्पादन गर्न गराउन आवश्यक सहयोग गर्ने।
- कर्मचारीहरुको वैयक्तिक विवरण‚ विदा तथा काजको अभिलेख दुरुस्त राख्ने।
- आवश्यकता अनुसार अन्य प्रशासनिक कार्य गर्ने।
- समयमै पत्राचार गर्ने र बुझाएका पत्रहरुको भरपाई व्यवस्थित रुपमा राख्ने।
- वैठकमा भएका निर्णयहरु लेखन कार्यमा सहयोग गर्ने तथा निर्णय पुस्तिका सुरक्षित साथ राख्ने।
- निर्णय उतार गरि सम्बन्धित निकायमा पठाउने।
- नियमित वैठक/विकास समित वैठक तथा अन्य सभा समारोह सम्बन्धि वैठकको आयोजनामा सहजीकरण गर्ने।
- आवश्यकता अनुसार अन्य प्रशासनिक कार्य गर्ने।
- अन्य कुराहरु प्रचलित ऐन‚ नियम र परिपत्र तथा निर्णय बमोजिम हुनेछ।
- तोकिएको अन्य कार्यहरु गर्ने।