नर्सिङ विभाग
Powered by
riri one
नर्सिङ विभाग
- बिरामीहरूको प्रत्यक्ष हेरचाह, उपचार व्यवस्थापन र पुनर्स्थापना गर्ने।
- विभागले चिकित्सकको निर्देशनअनुसार बिरामीलाई सेवा प्रदान गर्दै अस्पतालको सेवा गुणस्तरलाई सुनिश्चित गर्ने।
- बिरामीको प्रत्यक्ष हेरचाह: बिरामीहरूको दैनिक आवश्यकताहरू पुरा गर्न सहयोग गर्ने साथै बिरामीको शारीरिक, मानसिक, र भावनात्मक सहयोग गर्ने।
- औषधि व्यवस्थापन: चिकित्सकको निर्देशनअनुसार सही औषधि सही मात्रामा दिने, सहि समयमा औषधिको प्रभाव र सम्भावित साइड इफेक्टको निगरानी, औषधि सेवनसम्बन्धी जानकारी दिने।
- बिरामीको अवस्था निगरानी: बिरामीको रक्तचाप, हृदयगति, अक्सिजन स्तर र तापक्रम जस्ता जीवनचक्र सूचकको नियमित जाँच, स्वास्थ्यमा आएको परिवर्तन चिकित्सकलाई जानकारी दिने।
- आकस्मिक सेवा: आकस्मिक अवस्थामा प्राथमिक उपचार प्रदान, जीवनरक्षक उपचारमा चिकित्सकलाई सहयोग, दुर्घटना, हृदयघात वा अन्य आपतकालीन अवस्थाहरूमा सहयोग गर्ने।
- शल्यक्रिया अगाडि र पछि हेरचाह: शल्यक्रियाका लागि बिरामीलाई मानसिक र शारीरिक रूपमा तयार पार्ने, शल्यक्रियापछि संक्रमण नियन्त्रण, पट्टी परिवर्तन र घाउको हेरचाह गर्ने।
- ड्रेसिङ र पट्टी व्यवस्थापन: घाउ सफा गर्ने, पट्टी परिवर्तन गर्ने र संक्रमण रोक्ने उपाय अपनाउने, ड्रेसिङका लागि आवश्यक सामग्रीहरूको तयारी गरि संक्रमणका उपायहरु अपनाउदै ड्रेसिङ परिवर्तन गर्ने।
- प्रसूति र बाल हेरचाह: गर्भवती महिलाको स्याहार र डेलिभरीमा सहयोग, नवजात शिशु र आमाको स्वास्थ्य निगरानी, स्तनपानसम्बन्धी परामर्श र सहयोग गर्ने।
- शिक्षा र परामर्श: बिरामी र तिनका परिवारलाई उपचार, औषधि सेवन र स्वस्थ जीवनशैलीबारे जानकारी, रोगबाट बच्ने उपायबारे जनचेतना फैलाउने।
- संक्रमण नियन्त्रण: अस्पतालमा स्वच्छता र संक्रमण रोकथामका मापदण्ड पालन, बिरामीको व्यक्तिगत र अस्पतालको सरसफाइमा ध्यान दिने।
- डाक्टरलाई सहयोग: बिरामीको परीक्षण, उपचार, र अन्य प्रक्रियामा चिकित्सकलाई सहायता गर्ने।
- अभिलेख राख्ने : बिरामीको अवस्था, उपचार, र अन्य प्रक्रिया विवरणलाई सही तरिकाले अभिलेखमा राख्ने।
- पुनर्स्थापनात्मक सेवा: गम्भीर बिरामी वा शल्यक्रियाबाट निको भएका बिरामीहरूको पुनर्स्थापना गर्ने।
- शैक्षिक गतिविधिमा सहयोग र अनसन्धानमुलक कार्य गर्ने।
- मृत्यु पूर्व र पछि सहयोग: गम्भीर अवस्थामा रहेका बिरामीको हेरचाह र मृत्युपश्चात परिवारलाई सहयोग गर्ने।
- बिरामीको हेरचाहमा संवेदनशीलता, करुणा, र व्यावसायिकता।
- चिकित्सकीय ज्ञान र सीप: नवीनतम स्वास्थ्य प्रविधि र उपचार विधि अपनाउने।
- चिकित्सक, बिरामी, विरामीका आफन्त र अन्य कर्मचारीहरूबीच समन्वय गर्ने।